शनिबार, जेठ ५ गते २०८१

मेयर बालेन शाहले एसिया कप खेल्ने नेपाली टोलीलाई रमाइलो पाराले दिए शुभकामना

मेयर बालेन शाहले एसिया कप खेल्ने नेपाली टोलीलाई रमाइलो पाराले दिए शुभकामना

अखबार दैनिक
बुधबार, भदौ १३ २०८०
  • मेयर बालेन शाहले एसिया कप खेल्ने नेपाली टोलीलाई रमाइलो पाराले दिए शुभकामना

    काठमाडौँ । नेपाली क्रिकेट टोलीले बुधबार दिउँसो आयोजक पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्दैछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।  

    images

    खेल सुरु हुनुअघि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खेलाडीलाई सफलताको शुभकामना दिएका हुन् ।  उनले भनेका छन्, ‘टिभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, शाहीन अफ्रिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैं रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यी खेलाडीहरुसँग खेल्दा कस्तो हुन्थ्यो !’ 

    मेयर शाहले नेपाली खेलाडीले पाकिस्तानी खेलाडीसँग खेल्दाको क्षण कस्तो होला ? भनेर आफूले निकैअघिदेखि सोच्ने गरेको पनि बताएका छन् ।

    ‘अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैं मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदैछ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्‍याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना,’ उनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार