शनिबार, जेठ ५ गते २०८१

विश्वकपको उपाधि जिताएपछि कप्तान ओल्गालाई सुनाइयो पिताको निधनको खबर

विश्वकपको उपाधि जिताएपछि कप्तान ओल्गालाई सुनाइयो पिताको निधनको खबर

अखबार दैनिक
सोमबार, भदौ ४ २०८०
  • विश्वकपको उपाधि जिताएपछि कप्तान ओल्गालाई सुनाइयो पिताको निधनको खबर

    काठमाडौं। महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जित्यो ।  स्पेनले आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १-० गोलले हराएको थियो । स्पेनका लागि निर्धारित समयको २९औँ मिनेटमा २३ वर्षीया कप्तान ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन्।

    images

    तर, विश्वकपको उपाधि उचालेको खुसी साट्न नपाउँदै कार्मोनाले दुःखद समाचार सुन्नुपर्‍यो । स्पेनले उपाधि उचालेपछि ओल्गा कार्मोनालाई उनको पिताको निधनको खबर सुनाइएको थियो ।

    olga2.jpg

    कार्मोनाको पिताको निधन तीन दिनअघि नै भएको थियो । तर, त्यो खबर ओल्गालाई सुनाइएको थिएन । आफ्नो राष्ट्रलाई पहिलोपटक महिला विश्वकपको उपाधि जिताएपछि मात्र उनलाई पिताको निधनको खबर सुनाइएको थियो ।

    केही समयअघि खुसीयाली मनाइरहेकी कार्मोना अप्रत्याशित रूपमा पिताको निधनको खबर सुनेर स्तब्ध बनेकी थिइन् । फाइनलअघि पिताको निधनको खबर थाहा पाएमा उनको र टोलीको प्रदर्शनमा असर पर्ने भएकाले परिवारको सहमतिमै त्यो खबर उनलाई सुनाइएको थिएन ।

    कार्मोना स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छिन् । उनको आफ्नो पिता लामो समयदेखि बिरामी रहेको जानकारी दिइन् । ‘शुक्रवार नै पिताको निधन भएको रहेछ । यो खबर मैले आइतबार मात्र थाहा पाएँ । त्यतिबेला हामी उपाधि जितेको खुसीयाली मनाउँदै थियौँ । खबर सुनेपछि आफैलाई सम्हाल्न गाह्रो भयो,’ उनले भनेकी छन् ।

    Olga-Carmona-Spain-1024x683.jpg

    उनले पिताको आशीर्वादकै कारण विश्वकपको फाइनलमा गोल गर्न सकेको पनि उनले बताइन् । उनले सामाजिक सञ्जालमार्फत पनि पितालाई सम्झिएकी छन् । ‘मलाई थाहा छ तपाईंले मेरो खेल हेरिरहनुभएको थियो । अनि मेरो प्रदर्शनबाट तपाईंले गौरव पनि महसुस गरिरहनुभएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

    सामाजिक सञ्जालमा उनले पदकलाई चुमिरहेको तस्बिर पनि सार्वजनिक गरेकी छन् । स्पेनिस फुटबल महासङ्घले पनि कार्मोनाको पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । ‘ओल्गा कार्मोनाको पिताको निधनको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ,’ स्पेनिस फुटबल महासङ्घले भनेको छ, ‘स्पेनले विश्वकप जितेपछि मात्र कार्मोनाले यो खबर थाहा पाइन् ।’

    Spain-women-football-team-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार