बुधबार, कात्तिक ७ गते २०८१

‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

अखबार दैनिक
मंगलबार, साउन ३० २०८०
  • ‘गणपति’को ट्रेलर : एउटै व्यक्तिलाई समाजले गर्ने फरक-फरक व्यवहारको कथा

    काठमाडौं । मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेण्ड लामो ट्रेलरमा फिल्मको कथावस्तु बुझाउने प्रयास गरिएको छ ।

    images

    एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । आगामी जेठ ५ गते रिलिज हुने यो फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका छन् ।

    फिल्ममा कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने विषयवस्तु उठाइएको छ ।

    ‘गणपति’मा निर्देशनसँगै लेखन पनि अधिकारीको छ । मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतले फिल्ममा अभिनय गरेका छन् ।

    यो फिल्मको छायांकन तनहुँको बन्दीपुर गाउँपालिकास्थित थारुवासमा भएको हो । बिगम्यान फिल्म्सको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्मलाई हरिबहादुर घलेको खिचेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ