शुक्रबार, मंसिर ७ गते २०८१

एनसीसी कपको उपाधि हक्का इसपाइसेजलाई, नरेश बुढाऐर म्यान अफ द म्याच

एनसीसी कपको उपाधि हक्का इसपाइसेजलाई, नरेश बुढाऐर म्यान अफ द म्याच

अखबार दैनिक
मंगलबार, साउन ३० २०८०
  • एनसीसी कपको उपाधि हक्का इसपाइसेजलाई, नरेश बुढाऐर म्यान अफ द म्याच

    ३० साउन, काठमाडौं । नेप्लिज क्यानडियन क्रिकेट क्लबले आयोजना गरेको एनसीसी कपको सातौ संस्करणको उपाधि हक्का इसपाइसेजले जितेको छ ।

    images

    फाइनल खेलमा टस जित्दै ब्रेक एण्ड प्लेविरुद्ध पहिले ब्याटिङ गरेको हक्का इसपाइजेजले २० ओभरमा पाँच विकेट गुमाउँदै १९५ रन बनायो ।

    नरेश बुढाऐरले पाँच चौका र ७ छक्काको मद्दतले ४१ बल खेल्दै ९२ रनको योगदान गरे भने प्रवेश मल्लले १ चौकाको मद्दतले ५० बल खेल्दै ५० रनको योगदान गरेका थिए । सागर खनालले ३ चौकाको मद्दतले १८ बलमा २४ रनको योगदान गरे । ब्रेक एण्ड प्लेका लागि मन विकेले तीन, सुजन बोहराले एक विकेट लिए ।

    १९६ रनको लक्ष्य पछ्याएको ब्रेक एण्ड प्लेले ६ विकेट गुमाएर १११ रनमात्रै बनायो ।ब्रेक एण्ड प्लेका लागि जूनेसले तीन चौका र एक छक्काको मद्दतले २२ बलमा ३० रन बनाउनबाहेक अरु ब्याटर चल्न सकेनन् । हक्काका लागि सागर, आसीसले २/२, प्रवेश र आलोकले एक/एक विकेट लिए ।

    खेलको म्यान अफ द म्याच हक्काकै नरेस बुढाऐर भए । प्रतियोगिताको उपाधि जितेको हक्काले चार हजार डलर र उपविजेता ब्रेक एण्ड प्लेले दुई हजार डलर प्राप्त गरेका छन् ।

    डीक्सी-४०७ क्रिकेट ग्राउण्डमा भएको प्रतियोगितामा आठ टिमको सहभागी थिए । छैटौ संस्करणको उपाधि भने बेलचोक ब्वाइजले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार