मंगलबार, जेठ ८ गते २०८१

कलाकार गौतमको उपचारमा अमेरिका निवासी कलाकारहरूको सहयोग

कलाकार गौतमको उपचारमा अमेरिका निवासी कलाकारहरूको सहयोग

अखबार दैनिक
बुधबार, साउन २४ २०८०
  • कलाकार गौतमको उपचारमा अमेरिका निवासी कलाकारहरूको सहयोग

    काठमाडौँ । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई अमेरिका निवासी कलाकारहरूले एक लाख ३२ हजार सहयोग प्रदान गरेका छन् । निर्देशक सुमन दाहाल, अभिनेता विक्रान्त बस्नेत, सुवास थापा लगायतको सक्रियतामा उक्त रकम जम्मा भएको हो ।

    images

    चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, उपाध्यक्ष सुवास प्रसाद गजुरेल र चलचित्र विकास बोर्डका सदस्य राजु के.सी लगायतले बुधबार गौतमको भक्तपुरस्थित निवासमै पुगेर उक्त सहयोग प्रदान गरे ।

    कलाक्षेत्रमा ‘नक्कली प्रचण्ड’को नामबाट चर्चित गौतमको पेटको ठुलो आन्द्रामा क्यान्सर देखिएको छ । उनले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नो उपचार गराइरहेका छन् । उपचारमा पैसाको अभाव भएपछि उनले सहयोगका लागि अपिल समेत गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार