बुधबार, मंसिर ५ गते २०८१

मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी क्वाटरफाइनलमा

मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी क्वाटरफाइनलमा

अखबार दैनिक
सोमबार, साउन २२ २०८०
  • मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी क्वाटरफाइनलमा

    २२ साउन, काठमाडौं । लिओनल मेसीले उत्कृष्ट प्रदर्शन कायम राख्दा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय ४-४ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

    निर्धारित समयमा फ्रिकिकसहित दुई गोल गरेका मेसीले पेनाल्टीसुटआउटमा पनि टिमका लागि पहिलो गोल गरे ।

    सुटआउटमा मियामीका लागि मेसीसहित सर्जियो बुस्केट, लियोनार्दो काम्पाना, कमल मिल्लर र बेन्जामिन क्रेमासीले गोल गरे ।

    एफसी डल्लासका लागि पउल अरियोला, फकुन्डो क्विगोन र जेसुस फेरेइराले मात्र गोल गरे । पाक्सटन पोमीकालले गोल गर्न सकेनन् ।

    मेसीले क्लब करिअरमा पहिलो पटक पेनाल्टीसुटआउटमा पुगेको खेल जितेका हुन् । यसअघि बार्सिलोनामा हुँदा २०२०-२१ को स्पानिस सुपर कपमा उनको टिम पुगे पनि मेसी त्यसमा सहभागी थिएनन् ।

    एफसी डल्लाससँग ४-३ ले पछि परेको अवस्थामा मेसीले ८४औं मिनेटमा फ्रिकिकबाट सानदार गोल गर्दै खेल बराबरी गरेका थिए । इन्टर मियामीले दुई गोलले पछि परेको स्थिति उल्टाएको थियो ।

    खेलको छैटौं मिनेटमै मसीले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । तर क्विगोनले ३७औं र बर्नार्ड कमुङ्गोले ४५औं मिनेटमा गोल गरेपछि डलल्सले पहिलो हाफमा २-१ को अग्रता बनायो ।

    ६३औं मिनेटमा एलान भेलास्कोले गोल गरी डल्लासलाई ३-१ को अग्रता दिलाए । तर त्यसपछि खेलले नाटकिय मोड लिँदा डल्लासले अग्रता जोगाउन सकेन ।

    ६५औं मिनेटमा क्रेमासीले गोल गर्दै इन्टर मियामीलाई खेलमा फर्काए । तर ६८औं मिनेटमा मियाकीमै रोबर्ट टेलरले आत्मघाती गोल गर्दा डल्लासलेर् ४-२ को अग्रता बनायो ।

    त्यसपछि ८०औं मिनेटमा डल्लासका मार्को फरफानले पनि आत्मघाती गोल गरेपछि इन्टर मियामीले गोल अन्तर छोट्यायो र मेसीले ८५औं मिनेटमा फ्रिकिकबाट बराबरी गोल फर्काए ।

    इन्टर मियामीले अब हस्टन डाइनामो एपसी र चार्लोटे एपसीको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार