मंगलबार, जेठ ८ गते २०८१

जनकपुरमा आँखा पाक्ने रोगको प्रकोप बढ्यो, एक साता विद्यालय बन्द

जनकपुरमा आँखा पाक्ने रोगको प्रकोप बढ्यो, एक साता विद्यालय बन्द

अखबार दैनिक
शुक्रबार, साउन १९ २०८०
  • जनकपुरमा आँखा पाक्ने रोगको प्रकोप बढ्यो, एक साता विद्यालय बन्द

    जनकपुरधाम । आँखा पाक्ने रोगको प्रकोप बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

    images

    मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    उपमहानगरपालिकाभित्रका सबै शैक्षिक संस्था बन्द हुने निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार