आइतबार, जेठ ६ गते २०८१

युक्रेनले ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

युक्रेनले ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

अखबार दैनिक
शुक्रबार, साउन १९ २०८०
  • युक्रेनले ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

    एजेन्सी - रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको  दाबी गरेको छ । तर रुसी जहाजहरूले सो प्रयासलाई विफल पारेको पनि रुसले जनाएको छ ।

    images

    'आज राति युक्रेनी सशस्त्र बलहरूले नोभोरोसियस्क नौसेना आधारमा दुई मानव रहित समुद्री डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रममा  मानव रहित ती डुङ्गाहरू नष्ट गरिएको छ ।'  रुसको टिप्पणी छ ।

    नोभोरोसियस्कमा ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति  नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ । 

    यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ। कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार