बुधबार, जेठ ९ गते २०८१

टाइफाइड हुँदा यी चिज खानुहोस्, हुनेछ फाइदा

टाइफाइड हुँदा यी चिज खानुहोस्, हुनेछ फाइदा

अखबार दैनिक
शुक्रबार, साउन १९ २०८०
  • टाइफाइड हुँदा यी चिज खानुहोस्, हुनेछ फाइदा

    एजेन्सी । टाइफाइड एक प्रकारको ब्याक्टेरियल इन्फेक्शन हो जो वर्षात् अर्थात् मनसुनको बेला तीव्र गतिमा फैलने गर्छ । यो दुषित पानी पिउँदा वा नुहाउँदा पनि फैलने गर्छ । टाइफाइड दुषित भोजन गर्नाले पनि फैलन सक्छ । टाइफाइड साल्मोनेला टाइफी तथा साल्मोनेला पैराटाइफी ब्याक्टेरियाको कारण उत्पन्न हुन्छ । टाइफाइड हुँदा ज्वरो, टाउको दुख्नु, पेट दुख्नु, चिसो लाग्नु आदि लक्षण देखिन्छन् ।

    images

    टाइफाइड हुँदा मानिसलाई धेरै ज्वरो आउने गर्छ । टाइफाइडको ज्वरोमा भोक पनि कम लाग्छ । यस्तोमा हल्का तथा सजिलै पाचन हुने खालको खानाहरु खानु राम्रो हुन्छ । यस्तो बेला ज्वरोले भएको कमजोरीलाई कम गर्न प्रोटिन भएका खानेकुरा खानु फाइदाजनक हुन्छ । आउनुहोस् जानौं टाइफाइड हुँदा कस्ता कस्ता खानेकुराहरु खानुपर्दछ ।

    फलफूल
    टाइफाइड हुँदा कैयौं प्रकारका फलहरुको सेवन गर्न सकिन्छ । टाइफाइडबाट रिकवर हुनका लागि केरा, किवी, मेवा, स्याउ तथा मौसम हरुको सेवन गर्नुहोस् । यी फलको सेवनले शरीरलाई हाइड्रेट  राख्छ र शरीरको कमजोरी पनि कम हुन्छ । यसले शरीरलाई चाहिने ऊर्जा प्रदान गर्छ ।

    टमाटर सुप
    टाइफाइड ठिक गर्नका लागि टमाटरको सुप पनि पिउन सकिन्छ । टमाटरको सुपले पाचन तन्त्रलाई राम्रो बनाइराख्छ र यसमा क्यालोरी पनि कम हुन्छ । यसको सेवनले शरीरमा तागत मिल्नुका साथै एनर्जी पनि प्राप्त हुन्छ ।

    बदाम
    टाइफाइड हुँदा बदामको सेवन पनि गर्न सकिन्छ । बदाममा कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छन् जस्तै सोडियम, पोटाशियम, फाइबर, प्रोटिन तथा भिटामिन ई । यसको सेवनले शरीरमा प्रोटिनको मात्रा पुग्नुका साथै गट हेल्थमा पनि सुधार आउँछ । टाइफाइड हुँदा बदामलाई भिजाएर खान सकिन्छ ।

    दही
    दही शरीरलाई स्वस्थ राख्न एकदमै राम्रो हुन्छ । यसको सेवनले पाचन तन्त्र बलियो हुनुका साथै शरीरमा गुड ब्याक्टेरिया पाइन्छ । यसमा कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छ जस्तै सोडियम, पोेटाशियम, आइरन, फाइबर तथा क्याल्सियम । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।

    आलु
    टाइफाइडबाट रिकवर हुनका लागि पोषक तत्वले भरपूर आलुको पनि सेवन गर्न सकिन्छ । यसमा क्याल्सियम, पोटाशियम, आइरन तथा भिटामिन डी पाइन्छ । यसमा क्यालोरीको मात्रा अत्यधिक हुन्छ जसले शरीरलाई ऊर्जा दिन्छ । यसरी रिकवर हुन सजिलो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार