मंगलबार, जेठ ८ गते २०८१

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण

अखबार दैनिक
सोमबार, साउन १५ २०८०
  • लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण

    रुपन्देही । ग्लोवल फण्डको अनुदान र सेभ द चिल्डेन्सको सहयोगमा बुटवलमा लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण भएको छ ।

    images

    बुटवल १२ तामनगरमा दातृ निकायको सहयोगमा ८ करोड ७० लाख लागतमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले  भवन निर्माणपछि सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।  

    मुख्यमन्त्री चौधरीले लुम्बिनीलाई   देशकै नमुना प्रदेश बनाउन आफू लागिरहेको बताए । उनले जनताको सेवाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।  

    यस्तै प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले प्रयोगशालाको भवन समयमै निर्माण भएको बताए । प्रयोगशालालाई पूर्ण क्षमतामा चलाउनको लागि  मन्त्रालय तयार रहेको पनि बताए ।   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ