आइतबार, जेठ ६ गते २०८१

भारतमा पाँच वर्षीय बालिकाको शव फेला : बलात्कार पछि हत्या गरेको आरोपमा युवक पक्राउ

भारतमा पाँच वर्षीय बालिकाको शव फेला : बलात्कार पछि हत्या गरेको आरोपमा युवक पक्राउ

अखबार दैनिक
सोमबार, साउन १५ २०८०
  • भारतमा पाँच वर्षीय बालिकाको शव फेला : बलात्कार पछि हत्या गरेको आरोपमा युवक पक्राउ

    एजेन्सी - भारतको केरलामा पाँच वर्षीय बालिकाको शव भेटिएको छ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार केरलाको एरनाकुलम जिल्लामा बालिकाको शव भेटिएपछि २९ वर्षका व्यक्तिलाई बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएको छ । स्थानीय अदालतले अभियुक्तलाई १४ दिनको हिरासतमा पठाएको छ ।

    images

    प्रहरीका अनुसार अभियुक्त अशफाक आलक मूल रूपमा बिहारका हुन् र घटनामा उनी एक्लैको संलग्नता छ ।

    रिपोर्टका अनुसार आइतबार बालिकाको शव अन्तिम संस्कारभन्दा अघि स्कुलमा राखियो जहाँ नेता र सामाजिक कार्यकर्तासमेत सयौँ जम्मा भए ।

    बालिकाको परिवारले शुक्रवार बालिका हराएको उजुरी दर्ता गरेका थिए, त्यसपछि अभियुक्त अशफाकलाई पक्राउ गरिएको थियो । 

    प्रहरीले भनेको छ, ‘यस्ता प्रत्यक्षदर्शी भेटिएका छन् जसले घटनाभन्दा एक घण्टा अघि अभियुक्तलाई बालिकासँग देखेका थिए ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार