मंगलबार, जेठ ८ गते २०८१

६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ ? दिनहुँ खानुहोस् यो चिज

६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ ? दिनहुँ खानुहोस् यो चिज

अखबार दैनिक
शुक्रबार, साउन १२ २०८०
  • ६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ ? दिनहुँ खानुहोस् यो चिज

    एजेन्सी - ड्राईफ्रुट्सको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै गरी मखाना पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । रक्तअल्पता हटाउन, शरीरलाई बलियो बनाउनुका साथै मखाना छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । आज हामी तपाईंलाई मखानाका फाइदाहरू बताउनेछौँ ।

    images

    १. छालालाई स्वस्थ राख्छ
     हेल्थलाइनमा प्रकाशित समाचार अनुसार मखानामा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । यसमा धेरै अमिनो एसिड पनि छन् ।  यी तत्त्व एन्टी–एजिङ गुणका लागि परिचित छ । यसमा ग्लुटामाइन, सिस्टीन, आर्गिनिन र मेथियोनिन पनि पाइन्छन् । यी छालाका लागि निकै फाइदाजनक हुन्छन् । दैनिक मखाना खाँदा छाला स्वस्थ रहन्छ । यसले फ्री रेडिकललाई हटाएर छालालाई चम्किलो राख्छ । यसको प्रयोगले अनुहारको दाग हट्छ । मखानामा पाइने ग्लुटामिन कोलाजेनमा पाइने अमिनो एसिड प्रोलाइन उत्पादन गर्न प्रयोग गरिन्छ । यसले छालालाई जवान राख्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

    २. मुटुलाई स्वस्थ राख्छ
    मखाना मुटुका लागि निकै फाइदाजनक हुन्छ । मखानामा धेरै एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको नियमित सेवनले रक्तचाप पनि नियन्त्रण गर्न सकिन्छ ।

    ३. मधुमेह नियन्त्रण 
     दैनिक खाली पेट मखाना खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । मधुमेहका बिरामीका लागि मखाना राम्रो खाना मानिन्छ ।

    ४. तौल घटाउन सहयोगी 
     मखानाको दैनिक सेवनले तौल नियन्त्रण गर्छ । यदि तपाईं पनि तौल घटाउन चाहनुहुन्छ भने दैनिक खाली पेटमा मखाना खानुहोस् । यसमा पाइने तत्त्व तौल घटाउनका लागि फाइदाजनक हुन्छ । यसको सेवनले दिनभरको भोक कम हुन्छ र शरीरमा पोषक तत्त्वको कमी पनि हुन दिँदैन । 

    ५. पाचन प्रणालीलाई बलियो बनाउँछ 
     मखानामा फाइबर, क्याल्सियम, आइरन फस्फोरस लगायत धेरै पोषक तत्त्वहरू पाइन्छ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।  यसले पाचन प्रणाली सुधार गर्न र शरीर बलियो बनाउन मद्दत गर्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार