शनिबार, असोज ५ गते २०८१

डेंगुमा एन्टिबायोटिक घातक, प्लेटलेट्सको कमी हुँदा ब्रेन हेमरेज : उपचार, बच्ने उपाय के ?

डेंगुमा एन्टिबायोटिक घातक, प्लेटलेट्सको कमी हुँदा ब्रेन हेमरेज : उपचार, बच्ने उपाय के ?

अखबार दैनिक
शुक्रबार, साउन १२ २०८०
  • डेंगुमा एन्टिबायोटिक घातक, प्लेटलेट्सको कमी हुँदा ब्रेन हेमरेज : उपचार, बच्ने उपाय के ?
     
    मनसुनको मौसममा एकपटक पुनः मानिस डेंगुबाट पीडित भइरहेका छन् । अचानक उच्च ज्वरो, टाउनको दुख्ने, बान्ता हुने, घाँटी दुख्ने, मांसपेशी र जोर्नी दुखाई, ऐँठनको समस्या । तीन चार दिनसम्म त बिरामीलाई डेंगु भाइरस प्रवेश भएको छ भन्ने थाहा नै हुन्छन् । डेंगु एडिज लामखुट्टेले टोकेपछि हुन्छ । 

    कतिपटक बिरामीले ज्वरोको औषधी पनि खान्छन् तर कसैको घट्दैन । प्लेटलेट्स कम हुन्छ र बिरामीको स्थिति बिग्रन्छ ।

    images

    डेंगुका बिरामीले एन्टिबायोटिक्स औषधी नखानुहोस्

    डेंगुका कारण उच्च ज्वरो आइरहेको छ भने एन्टिबायोटिक औषधी, एन्टि मलेरिया ट्याब्लेट वा एस्प्रिन नखानुहोस् । 

    १०२ वा १०४ फरेनहाइट ज्वरो आउँदा मानिसहरू आफैँ मेडिकल गएर औषधी किनेर खान्छन् । डाक्टरको सल्लाह बिना नै एन्टिबायोटिक्स खानुहुन्छ भने डेंगु ह्यामरेजिक फिभर (डिएचएफ) र डेंगु शक सिन्ड्रोम (डिएसएस) को जोखिम बढ्छ । 

    अर्थात् अज्ञानमा नै तपाईंले डेंगुलाई थप गम्भीर बनाउनुहुन्छ । 

    भारतका इन्टरनल मेडिसिनका डा. रविकान्त चतुर्वेदीले एमोक्सिसिलिन जस्ता एन्टिबायोटिक खाँदा बान्ता र पखालाको समस्या झन् बढ्ने बताउँछन् । यस्तै, शरीर हाइड्रेटेड रहँदैन, प्लेटलेटहरू झन् घट्छ । यस्तो अवस्थामा आन्तरिक रक्तस्राव बढी हुन्छ ।

    ब्रेन हेमरेज हुने सम्भावना, मुटुमा पनि अवरोध हुनसक्छ

    डेंगुका भाइरस चार वा पाँच प्रकारका हुन्छन् । यदि एउटा भाइरसको सङ्क्रमण छ भने, अन्य भाइरसबाट तपाईंको शरीरले प्रतिरोधी क्षमता पायो भन्ने होइन ।  

    यदि तपाईं क्यान्सर, मधुमेह, उच्च रक्तचापबाट पीडित हुनुहुन्छ र डेंगुका लक्षणहरू छन् भने चिकित्सकबाट उपचार गराउन ढिला नगर्नुहोस् ।

    मिर्गौला वा कलेजो रोग भएका व्यक्तिलाई डेंगुको गम्भीर जोखिम हुन्छ ।

    प्लेटलेट्स १०,००० भन्दा कम हुँदा ब्रेन हेमरेज हुन सक्छ । हृदयाघात पनि हुन सक्छ ।

    सास फेर्न गाह्रो हुन सक्छ

    डेंगुको सङ्क्रमणका कारण सास फेर्न गाह्रो हुने गरेको छ । बेस्सरी सास फेर्नुपर्ने, अक्सिजनको स्तर घट्ने, छाती दुख्ने जस्ता समस्या हुन्छन् ।

    प्लेटलेट्स धेरै कम हुँदा र आन्तरिक रक्तस्राव हुँदा रक्तचाप पनि कम हुन्छ ।

    जसका कारण बिरामीको मानसिक अवस्था पनि ठिक रहँदैन ।

    जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, उनीहरूमा डेंगुको प्रभाव बढी

    तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने डेंगु भाइरसको प्रभाव बढी हुन्छ । उपचारमा ढिलाइ भएमा वा गलत उपचार गरेमा डेंगुका लक्षणहरू गम्भीर हुन थाल्छन् । लिम्फ र रक्तनलीहरू क्षतिग्रस्त हुन थाल्छन् । नाक र मुखबाट रगत बग्ने, कलेजोको आकार बढ्ने जस्ता समस्या हुन्छन् ।

    बिस्तारै छाला मुनि भित्री रक्तस्राव सुरु हुन्छ । त्यसैले डेंगुका बिरामीको छालामा रातो दाग बन्ने गर्छ, यस्तो आन्तरिक रक्तस्रावका कारण हुने गर्छ । प्लेटलेट्स कम भएका कारण रगत जम्न सक्दैन । शरीरमा कुनै किसिमको घाउ भएमा रगत जम्न सक्दैन ।

    स्थिति नाजुक हुँदा बिरामीको ज्यान पनि जोखिममा पर्ने गर्छ । 

    शरीरमा पानीको कमी हुन नदिन के गर्ने ?

    - मेवाको पातको रस पिउनुहोस्

    - भरपुर मात्रामा पानी पिउनुहोस्

    - बिहान नरिवलको पानी पिउनुहोस् 

    - ग्रिन टी, चुकन्दरको जुस पिउनुहोस्

    - एलोभेराको जुस पिउनुहोस्

    स्रोतः किताब, ‘डेंगु– अ ग्लोबल थ्रेट फर ह्युमन हेल्थ’

    कसैलाई डेंगु भए के गर्ने ?

    परीक्षणबाट डेंगुको सङ्क्रमण भएको पुष्टि भएमा बिरामीले निरन्तर चिकित्सकको सम्पर्कमा रहनुपर्छ । प्लेटलेटहरू निगरानी गर्न नियमित रूपमा सीबीसी (कम्प्लिट ब्लड काउन्ट) गर्नुपर्छ ।

    प्रत्येक ८ देखि १२ घण्टामा सीबीसी गराउनुहोस् । सबै रगत परीक्षण रिपोर्ट डाक्टरलाई देखाउनुहोस् ।

    भारतको पिजिआई चंडीगढको कम्युनिटी हेल्थका प्राध्यापक डा. सोनू गोयलका अनुसार कुनै वयस्क व्यक्तिको रगतमा साधारण प्लेटलेट काउन्ट १५०,०००–४५०,००० (प्लेटलेट्स प्रति माइक्रोलिटर) हुन्छ । यदि प्लेटलेट्स लगातार घट्दै छ (एक लाखभन्दा मुनी) भने तत्काल अस्पताल भर्ना गर्नुपर्छ ।

    प्लेटलेट्स घट्दा कुनै पनि बेला आपत्कालीन अवस्था निम्तिन सक्छ ।

    यो तरिका अपनाउनुहोस्

    तपाईंको तौल ५० किलो छ भने सय एमएल जुस, नरिवल–पानी पा ओआरएस हरेक घण्टा लिनुहोस् । अर्थात् तपाईंको तौल जति छ त्यसको दोब्बर जुस, सुप एमएलमा लिनुहोस् । यसले शरीर हाइड्रेटेड रहन्छ । 

    यसबाहेक बिरामीलाई दालको पानी, कागती पानी वा चामलको माड पनि दिन सकिन्छ ।

    लौकाको दाना खाँदा प्लेटलेट्स बन्छ 

    डेंगुका बिरामीले खानपानमा बढी सजग हुनुपर्छ । पालुङ्गो, लौका, गाजर, ब्रोकली, चुकन्दर खाँदा प्लेटलेट्स बन्छन् । 

    पालुङ्गो खानाले आन्तरिक रक्तस्रावको जोखिम कम गर्छ, जबकि लौकाको दानामा प्लेटलेट्स बनाउने एमिनो एसिड र भिटामिन हुन्छ ।

    चुकन्दरको जुस पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता मात्र बढाउँदैन प्लेटलेट्स घट्नबाट पनि जोगाउँछ । यसलाई काँचै पनि खान सकिन्छ ।

    बिहान खाली पेटमा अमिलो फलफूल खानुहोस्

    डेंगुका बिरामीले बिहान खाली पेटमा अमिलो फलफूल खानुपर्छ । कागती, सुन्तला, किवीमा भिटामिन सी र भिटामिन के प्रचुर मात्रामा हुन्छ, जसले प्लेटलेट्स बढाउँछ ।

    स्ट्रबेरी र टमाटर पनि डेंगुका बिरामीले खानुपर्छ  ।

    डेंगुबाट बच्न के गर्ने

    डेंगु भाइरस लामखुट्टेको टोकाइबाट सर्छ । लामखुट्टेले आफ्नो लार्भा जमेको पानीमा छोड्छन् । त्यसैले घर वरपर पानी जम्मा भएमा सचेत हुनुहोस् । कुलर, पुराना भाँडो, इलेक्ट्रोनिक सामानमा कतै पानी जम्मा भएमा तुरुन्तै हटाउनुहोस् ।

    लामखुट्टेको लार्भा नालीहरूमा पनि हुन्छन् । त्यसमा मट्टितेल हाल्नुहोस् । यसका कारण माथिल्लो सतहमा तेल फैलिनेछ, तल अक्सिजनको कमीले लार्भा मर्नेछन् ।

    कहिलेकाहीँ, अत्यधिक ओसिलोपनको कारण, भित्ताहरूमा काई जम्मा हुन्छ । त्यसमा पनि लामखुट्टेको लार्भा बढ्ने डर छ ।

    दैनिक भास्कर

    प्रतिक्रिया दिनुहोस

    थप समाचार