कपिलवस्तु : कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका १ बाट सशस्त्र प्रहरीले ३७ लाख २० हजारको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ।
जङ्गलमा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो।
बरामद लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ।
चोरीनिकासीको सुर्तीजन्य सामान बरामद
उता ईलामको सुर्योदय नगरपालिका २ चारमाइलस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ। नेपालबाट अवैधरुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको १९ कार्टुन चुराेट प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो।
सामान लैजाँदै गरेका व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ सामान छाडेर भागेका थिए। बरामद सामान पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ।