मंगलबार, जेठ ८ गते २०८१

नास्पाती खानुका पाँच उत्कृष्ट फाइदा

नास्पाती खानुका पाँच उत्कृष्ट फाइदा

अखबार दैनिक
सोमबार, साउन ८ २०८०
  • नास्पाती खानुका पाँच उत्कृष्ट फाइदा

    एजेन्सी - मनसुनमा विभिन्न खालका रोग र सङ्क्रमणको खतरा बढ्ने गर्छ । त्यसैले यो मौसममा तपाईंले आफ्नो खानपिनको विशेष ख्याल राख्नुपर्छ । वर्षाको मौसममा स्वस्थ रहनका लागि तपाईंले फलफूल खानुपर्छ । नास्पाती पनि यस्तै मौसमी फल हो जसलाई तपाईं आफ्नो मनसुन डाइटमा समावेश गर्न सक्नुहुन्छ । नास्पाती खानमा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसमा भिटामिन सी, भिटामिन के, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम, म्यागनिज र फोलेटजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । मनसुनमा नास्पाती खाँदा विभिन्न खालका मौसमी रोगबाट बच्न सकिन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ त्यसैले तौल घटाउनमा पनि सहयोग गर्छ । एक भारतीय सञ्चार माध्यमसँग डाइट्रीफिटकी पोषणविद् अबरना म्याथुवननले मनसुनमा नास्पाती खानुका फाइदाबारे जानकारी दिएकी छिन् ।

    images

    मनसुनमा नास्पाती खानुका फाइदा
    शरीरलाई विभिन्न रोगबाट टाढा राख्नका लागि प्रतिरोधी क्षमता बलियो हुनुपर्छ । वर्षाको मौसममा नास्पाती खाँदा शरीरमा प्रतिरोधी क्षमता बलियो हुन्छ । वास्तवमा, यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । नियमित रूपमा यसको सेवन गर्दा विभिन्न खालका सङ्क्रमण र रोगबाट बच्न सकिन्छ । 

    शरीरमा सुजनबाट राहत
    वर्षाको मौसममा शरीर सुन्निने र दुख्ने समस्या हुनसक्छ । यस्तोमा नास्पाती खानु तपाईंका लागि लाभदायी हुनसक्छ । वास्तवमा यसमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लेमेटरी गुण हुन्छ जसले शरीर सुन्निनबाट जोगाउँछ । यदि तपाईं मनसुनमा जोर्नी दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने खानामा नास्पाती समावेश गर्न सक्नुहुन्छ ।

    पाचन क्रिया बलियो बनाउँछ
     मनसुनको समयमा पेटका सङ्क्रमणको जोखिम धेरै बढ्ने गर्छ । पेटको समस्याबाट बच्नका लागि तपाईं नास्पातीलाई आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसमा भएका गुणले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । नास्पातीमा फाइबर हुन्छ जसले दिसा गर्ने प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले अपच र कब्जियतको समस्या हट्न सक्छ । 

    तौल घटाउनका लागि सहयोगी
    नास्पातीको सेवन तौल घटाउनका लागि लाभकारी हुनसक्छ । यसमा फाइबर भरपुरमा मात्रामा हुन्छ जसका कारण छिटो भोक लाग्दैन । त्यसैले तपाईं बढी खानबाट जोगिनुहुन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ, त्यसैले यो खाँदा तौल पनि नियन्त्रणमा रहन्छ ।

    मुटुको स्वास्थ्यका लागि फाइदाजनक
    नास्पाती मुटुको स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्छ । यसले शरीरमा ब्याड कोलेस्ट्रोलको स्तरलाई कम गर्न र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउन मद्दत गर्छ । यसमा पोटासियम हुन्छ जसले रक्तचापलाई नियन्त्रण गर्न पनि सहयोग गर्छ । यसको नियमित सेवनले मुटुरोगको जोखिम कम गर्न मद्दत मिल्न सक्छ । 

    नास्पाती कहिले खाने ?
    नास्पाती स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तपाईं दिनको जुनसुकै समय पनि यो खान सक्नुहुन्छ । यद्यपि, बिहान खाली पेटमा नास्पाती खाँदा स्वास्थ्यलाई अधिक फाइदा मिल्छ । तर यदि तपाईं कुनै रोगसँग जुधिरहनुभएको छ भने विशेषज्ञको सल्लाह लिएपछि मात्रै यसको सेवन गर्नुहोस् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ