बुधबार, जेठ ९ गते २०८१

बेलायतमा नर्सका लागि यसरी भर्न सकिन्छ आवेदन फारम

बेलायतमा नर्सका लागि यसरी भर्न सकिन्छ आवेदन फारम

अखबार दैनिक
शुक्रबार, साउन ५ २०८०
  • बेलायतमा नर्सका लागि यसरी भर्न सकिन्छ आवेदन फारम

    काठमाडौँ । बेलायतमा रोजगारीका लागि १०० जना नर्सको माग भएको छ । दुवै देशबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन आह्वान गरिएको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

    images

    https://ferms.dofe.gov.np/auth/login  मा गएर १९ अक्टोबर २०२३ सम्म आवेदन दिन सकिनेछ । अनलाइनमा गइसकेपछि आफ्नो युजर आईडी बनाउनुपर्छ । रजिष्ट्रेशन गर्दा आफ्नो पासपोर्ट नम्बर, जन्ममिति, आफ्नो पुरा नाम, इमेल, फोन नम्बर सबै पेश गर्नुपर्नेछ । सोही आधारमा अनलाइनमा रजिष्ट्रेशन हुनेछ । र त्यही आधारमा आवेदन फारम भर्न सकिनेछ ।

    यसका लागि विभिन्न मापदण्ड तोकिएको छ । हेल्य केयर असिस्टेन्ट (स्वास्थ्य सहायक) पदका लागि जान पाउनेछन् । उनीहरूले मासिक २ हजार ३६७ पाउण्ड (आजको बिनिमय दरअनुसार ४ लाख २ हजार ९८९.५२ रूपैयाँ) तलब पाउनेछन् । त्यसमा कर, बीमाको पैसा काटिनेछ ।

    नर्सहरूले हप्तामा ३७.५ घण्टा काम गर्न पाउनेछन् । वार्षिक २७ दिन र सार्वजनिक विदाको दिन बिदा पाउनेछन् । उनीहरूले पहिलो तीन महिनाका लागि आवास सुविधा निःशुल्क हुनेछ । ओभरटाइम बेलायत सरकारको नियमानुसार हुनेछ । उनीहरूलाई तीन वर्षका लागि समयावधि तोकिएको छ । यसमा थपघट हुन सक्नेछ ।

    स्वास्थ्य सहायकको रूपमा स्टाफ नर्स, बिएस्सी तथा बीएन नर्स, मास्टर डिग्री नर्सले आवेदन दिन सक्नेछन् । उनीहरूले नर्सिङ लाइसेन्स लिएर दुई वर्ष कार्यअनुभव लिइसकेको हुनुपर्नेछ । 

    uk-nursing-advertisement_zg6EAckUyS.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार