मंगलबार, मंसिर ४ गते २०८१

भारतको एउटा यस्तो गाउँ, जहाँ महिलाले साउनमा कपडा लगाउँदैनन्

भारतको एउटा यस्तो गाउँ, जहाँ महिलाले साउनमा कपडा लगाउँदैनन्

अखबार दैनिक
सोमबार, असार २५ २०८०
  • भारतको एउटा यस्तो गाउँ, जहाँ महिलाले साउनमा कपडा लगाउँदैनन्

    एजेन्सी - संसारका कतिपय ठाउँमा आज पनि यस्ता अनौठा तथा अपत्यारिला परम्पराहरु छन्, जसका बारेमा सुन्दैमा पनि अप्ठेरो लाग्दछ ।

    images

    परम्परागत समाजमा यस्ता परम्परा तथा अन्धविश्वासी प्रथाहरुबाट बढी मात्रामा महिलाहरु नै प्रभावित भएको देखिन्छ ।

    हाम्रो छिमेकी मुलुक भारतमा पनि एउटै यस्तै प्रथा छ, जसले महिलाहरुलाई वर्षमा पाँच दिनसम्म कपडा लगाउन दिँदैन ।

    भारतको हिमाचल प्रदेशमा पर्ने पिणी गाउँमा यस्तो अनौठो परम्परा रहिआएको छ । उक्त परम्परा अनुसार गाउँका महिलाहरुले हरेक वर्ष साउन महिनामा पाँच दिनसम्म शरीरमा कपडा नलगाइकनै बस्नु पर्दछ ।

    यो प्रथाको पालना नगरेमा केही दिनमै कुनै अप्रिय घटना हुने विश्वास गाउँलेहरुमा छ । उक्त पाँच दिनसम्म आफ्नो पतिसँग बोल्दैनन् र सँगै पनि बस्दैनन् ।

    साउनका ती पाँच दिनमा महिलाका लागि मात्र नभइ पुरुषका लागि समेत केही नियम तय भएको छ । जस अनुसार पाँच दिनसम्म पुरुषहरुलाई रक्सी तथा मासुको सेवन बर्जित हुन्छ ।

    आखिर साउनमा पाँच दिनसम्म महिला निर्वस्त्र बस्नुपर्ने र पुरुषले समेत रक्सी र मासु खान नहुने परम्परा कसरी चल्यो त सो गाउँमा ? यसका पछाडि एउटा किम्बदन्ती छ ।

    किम्बदन्ती अनुसार धेरै पहिलो पिणी गाउँमा राक्षसहरुले आतंक मच्चाएका थिए । राक्षसहरुले गाउँका सिँगारपटार गर्ने तथा सुन्दर कपडा लगाउने विवाहित महिलाहरुलाई अपहरण गरेर लैजान्थे ।

    राक्षसको आतंक मच्चिरहेको सोही समयमा लाहुआ घोंड नामका एकजना देवता गाउँमा आए र राक्षसको बध गरेर गाउँलाई त्रासमुक्त बनाए अनि महिलाहरुको ज्यान पनि जोगाए ।

    त्यसपछि नै उक्त गाउँमा साउन महिनामा महिलाहरु पाँच दिनसम्म निर्वस्त्र बस्ने परम्परा चलेको हो । यद्यपि पछिल्लो समयमा आधुनिकतासँगै गाउँमा यो परम्पराको पालनामा केही कमी आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार