शुक्रबार, मंसिर ७ गते २०८१

दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ पीएसजीमा

दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ पीएसजीमा

अखबार दैनिक
आइतबार, असार २४ २०८०
  • दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ पीएसजीमा

    २४ असार, काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ इनलाई अनुबन्ध गरेको छ ।

    images

    २२ वर्षीय लि काङलाई पीएसजीले स्पानिस क्लब रियल कायोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । उनले स्पानिस क्लबका लागि दुई वर्ष खेलेका थिए । काङ लि पीएसजीले यस समर ट्रान्सफरमा अनुबन्ध गरेको चौथो खेलाडी हुन् ।

    पीएसजीले यसअघि मिडफिल्डर म्यानुअल उगार्टे, सेन्ट्रल डिफेन्डर मिलन स्क्रिनियर र फरवार्ड मार्को एसेन्सियोलाई अनुबन्ध गरिसकेको छ ।

    लि काङले पीएसजीमा अनुबन्ध हुन पाउन गर्वको विषय भएको बताएका छन् । ‘पीएसजीमा जोडिन पाउनु अविश्वसनीय छ,’ उनले भने, ‘यो विश्वको ठुलो क्लब मध्यको एक हो । जसमा विश्वका केही उत्कृष्ट खेलाडीहरु छन् । म नयाँ सुरुआतका लागि निकै उत्साही छु ।’

    लिले दक्षिण कोरियाको लागि १९ खेल खेलेका छन् । उनले २०२२ को फिफा विश्वकप पनि खेलेका थिए । क्रिस्टोफर गाल्टियरलाई बर्खास्त गर्दै स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिकेलाई भित्र्याएपछि पीएसजी खेलाडी अनुबन्धमा सक्रिए देखिएको छ ।

    पीएसजीलाई स्टार परवार्ड केलिएन एमबाप्पेको चिन्ता पनि छ । एमबाप्पेले २०२४ मा आफ्नो सम्झौता सकिएपछि सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ