मंगलबार, जेठ ८ गते २०८१

खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

अखबार दैनिक
शुक्रबार, असार २२ २०८०
  • खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

    मानिसलाई रिस उठ्नु प्राकृतिक स्वभाव नै हो । फरक यति हुन्छ, कसैलाई छिटो र धेरै रिस उठ्छ भने कसैलाई निकै कम । के कारणले यस्तो हुन्छ त ? समयले हामीले आफैंले आफैंलाई प्रश्न गरिरहेका हुन्छौं । दैनिक खाने खानेकुराले पनि रिस उठ्ने वा मुड खराब हुन्छ ?

    images

    तर आयुर्वेदमा खानपानले पनि मानिसको मुड परिवर्तन गराउने उल्लेख छ । यसका लागि सबैभन्दा पहिले खानेकुराको प्रकारबारे चर्चा गर्नु आवश्यक छ । आयुर्वेदमा खानेकुरालाई तीन प्रकारका विभाजन गरिएको छ । सात्विक, राजसिक र तामसिक । यी खानेकुरामा कुन खानेकुरा सेवन गर्नुहुन्छ ? त्यही अनुसार मानिसको मुड हुन्छ ।

    सात्विक खानपान
    सात्विक खानपान गर्ने मानिस तुलनात्मक रुपमा शान्त स्वभावका हुन्छन् । उनीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुन्छन् । किनकि यसमा पचाउन सजिलो खानेकुरा हुन्छन् । सात्विक भोजनमा रोटी, चामल, फलफूल, हरियो सागपात, दूध, ड्राईफ्रुट्स, मह, प्याज लसुन बिनाको दाल, तरकारी, मरमसला कम प्रयोग गरिएको हुन्छ ।

    आयुर्वेदका अनुसार यसमा वाट, पित्त, कप सन्तुलित हुन्छन् । यही तीनवटाको सन्तुलन नै निरोगिताको अवस्था हो । यस्तो खानेकुरा खाँदा रिस उठ्ने, मुड फेरिरहने, झर्को लाग्ने जस्ता समस्या त्यति आउँदैन ।

    राजसिक भोजन
    राजसिक खानपानमा अमिलो, पिरो, तितो, चिल्लो पेय पदार्थ, माछामासु, लसुन, प्याज, मरमसाला सबै समावेश हुन्छन् । यस्ता खानपिनले मानिसको मस्तिष्कलाई उत्तेजित पारिदिन्छ । जसले गर्दा शरीरमा पित्तको वृद्धि हुन्छ । शरीरमा जलन हुने, पेट पोल्ने, तनाव बढाउने समस्या यस्तो खानेकुराले गर्छ ।

    यस्ता खानेकुरा दैनिक खाँदा स-साना कुरामा रिस उठ्ने, चाँडै रिसाउने, मुड परिवर्तन भइराख्ने समस्या हुन्छ ।

    तामसिक भोजन
    तामसिक खानपानमा सजिलै नपच्ने खानेकुराहरु पर्छन् । जस्तै प्याज, पनिर, पोलेको, तारेको खानेकुरा, फ्रिजको खानेकुराले शरीरमा कफ बढाउँछ । जसलाई मेडिकल भाषामा शरीरमा उत्पन्न हुने म्युकस मेम्बे्रन भनिन्छ । शरीरमा यसको वृद्धिले शरीरमा सुस्त, अल्छीपन, बैरागीपन उत्पन्न हुने हुन्छ । निरन्तर यस्ता खानपान गरेमा भविष्यमा डिप्रेसनको समेत जोखिम हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार