मंगलबार, जेठ ८ गते २०८१

ललितपुरका ज्येष्ठ नागरिकलाई घरघरमै आँखा उपचार

ललितपुरका ज्येष्ठ नागरिकलाई घरघरमै आँखा उपचार

अखबार दैनिक
मंगलबार, असार १९ २०८०
  • ललितपुरका ज्येष्ठ नागरिकलाई घरघरमै आँखा उपचार

    ललितपुर । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका सम्पूर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    images

    सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच ‘ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा  उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् । 

    महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको घरघरमै गएर विभिन्न समस्याहरूको परीक्षण गर्नेछ । 

     संघका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताउँछन् । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारीरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दीर्घकालसम्म चलिरहने समेत बताए ।

    नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरूलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार