काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले सडकका छेउ र भित्तामा फूलका गमला राख्ने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि सडकमा मौसमी फूल रोपिएका गमला राख्न सुरु गरेको हो । सडक किनार र पुलमा गमला राखेपछि शहरको सौन्दर्यता बढेको छ ।
महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सडकमा विभिन्न फूल र विरुवा रोपिएका गमलाहरू राख्न सुरु गरेको हो । महानगरले अहिले काठमाडौँका बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा गमला राखेको छ ।