सोमबार, मंसिर ३ गते २०८१

त्रिरत्न सहकारी विधालयका शिष्यहरूले गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाए

त्रिरत्न सहकारी विधालयका शिष्यहरूले गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाए

अखबार दैनिक
सोमबार, असार १८ २०८०
  • त्रिरत्न सहकारी विधालयका शिष्यहरूले गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाए

    असार १८ ललितपुर । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा त्रिरत्न सहकारी विधालयका शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाए । 

    images

    गुरु पूर्णिमा
    महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई गुन लगाएको मानिन्छ ।

    संस्कृत शब्दमा गुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

    आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमाबुवा सरह मान्ने प्रचलन छ ।

    वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता–पिता हुन् भने द्वितीयगुरु पुरोहित, शिक्षक आदि हुन् । मन्त्रदाता गुरुको प्रसिद्धि छ नै ।

    परम्परागत रुपमा गुरु पूर्णिमाका दिन शिष्यहरुले गुरुलाई भेट्ने चलन थियो, तर अहिले भने भेट्न भ्याउनेले भेट्छन् नभए टेलिफोन तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिने गर्छन् । 

    358011034_922960605430918_764495759670081396_n.jpg357469143_955449549056104_5899463726266070098_n.jpg357998405_1358702748012693_7925582404728491872_n.jpg357993265_812604587163446_53843198734523456_n.jpg357623701_1339482536988819_5345759480185419943_n.jpg357994526_948956403100442_4927924245158943972_n.jpg357987786_2268772619960834_1869668734794188217_n.jpg357623527_537629315110861_5732184372468755782_n.jpg358031848_1702466113546546_4600584247075972032_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ