बुधबार, जेठ ९ गते २०८१

दही चिउरा खाँदा शरीरलाई यस्ता फाइदा

दही चिउरा खाँदा शरीरलाई यस्ता फाइदा

अखबार दैनिक
शुक्रबार, असार १५ २०८०
  • दही चिउरा खाँदा शरीरलाई यस्ता फाइदा

    आज असार १५ अर्थात् नेपाली समाजमा खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाउने परम्परा छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन् । हामीले मनाउने विभिन्न चाड पर्वको छुट्टै मूल्य मान्यता भएपछि यस दिन खाने परिकारको पनि विशेष महत्त्व हुन्छ । आजका दिनमा खाइने दही चिउराले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्‍याउने गर्दछ । यहाँ  दही र चिउराले शरीरमा पुर्‍याउने फाइदा बारे जानकारी दिइएको छ ।

    images

    दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ जसका कारण:

    १. पाचन क्रियामा सघाउँछ:
    दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्‍याउँछ । यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

    २. मुटु स्वस्थ बनाउँछः
    दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

    ३. प्रतिरोधी क्षमता बढाउँछ:
    दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

    ४. दाँत र हड्डी बलियो बनाउँछ:
    दहीमा क्याल्सियम र फस्फोरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रूपमा दहीको सेवनले हड्डीसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

    ५. छालाको स्याहारका लागि उपयोग गरिन्छ:
    दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिङ्क, भिटामिन ई, फस्फोरसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।

    ६. चायाँ हटाउँछ:
    दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

    ७. तौल घटाउन सहयोग गर्दछ:
    दहीमा पाइने क्याल्सियमले शरीरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरीरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

    ८. तनाव र चिन्ताबाट राहतः
    खानामा दही समावेश गर्दा यसले शरीरलाई रिल्याक्स हुन मद्दत गर्दछ । एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।

    यदि तपाईंलाई दही चिउरा खान यति फाइदा अपर्याप्त छ जस्तो लाग्छ भने चिउराका फाइदाबारे पनि जानकारी लिनुहोस्:
    १. चिउरामा भिटामिन ए, सी, क्याल्सियम र आइरनको प्रचुर मात्रा पाइन्छ ।
    २. चिउरामा फ्याट र ल्याकटोज नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।
    ३. यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।
    ४. चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
    ५. यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरीरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।
    ६. चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरूले प्रयोग गर्न सक्छन् ।
    ७. चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्‍याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार