सोमबार, मंसिर ३ गते २०८१

कसरी बन्छ जुजु धौ दही ?

कसरी बन्छ जुजु धौ दही ?

अखबार दैनिक
आइतबार, असार १० २०८०
  • कसरी बन्छ जुजु धौ दही ?

    ९ असार, काठमाडौं । असार १५ नजिकिएसँंगै भक्तपुरमा जुजु धौ दही बनाउनेहरुलाई भ्याईनभ्याई छ । असार १५ मा दहीको माग धेरै हुने भएकोले दही बनाउने चटारो भएको हो । यस दिन दही–चिउरा खाने प्रचलन छ ।

    images

    सैंजू जुजु धौ पसलका संचालक तथा भक्तपुर जुजु धौ एशोसिएसनका अध्यक्ष कृष्णगोपाल सैंजूले असार १५ को लागि दही बनाउन भ्याईनभ्याई भएको बताए । दैनिक बिहान ८ बजेदेखि बेलुकीसम्म दही बनाउने गरेको उनी बताउँछन् । यो समयमा व्यवसायीले दैनिक ४० लिटरदेखि ८ सय लिटरसम्मको दही बनाउने गरेको उनको भनाइ छ ।

    juju-dho-bhaktpur-13.jpg

    दही प्लास्टिक र माटोको गरी दुुई थरीका भाडामा राखेर बनाइने गर्दछ । ‘गर्मी मौसममा दही चिसो भइराख्ने भएका कारण माटोको भाडामा जमाएको दही ग्राहकले रुचाउँछन्’, उनी भन्छन् । तर माटोको भाडाको मूल्य प्लास्टिकको भाडा भन्दा महँगो भएका कारण प्लास्टिककै भाडामा दही जमाउने गरेको उनले बताए ।

    अहिले एक लिटर दहीको भाँडा अनुसार मूल्य फरकफरक छ । एक लिटर दहीको मट्काको २८० पर्छ भने माटोका (कला) को २६० पर्छ । त्यस्तै प्लास्टिकको भाँडाको २५० रुपैयाँमा बिक्री भइरहेको छ । असारमा आधा लिटरदेखि २ लिटरका दहीको माग बढी हुने सैंजूले बताए ।

    juju-dho-bhaktpur-14.jpg

    जुजु धौ बनाउने तरिका

    जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । जुजु धौ तयार गर्न सबैभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ । डेरीबाट ल्याएको दूधलाई बाक्लो हुने गरी कराहीमा राम्रोसँग चलाउँदै उमाल्नुपर्दछ । दूध उमाल्दा कम्तीमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमालिएको हुन्छ ।

    उमाल्न पुगेपछि भूसमाथि माटोको कतरामा लहरै राखिन्छ । कतरामा तीन चरणमा दह राख्ने गरिन्छ । पहिलो चरणमा आधा भाग मात्र दूध राखिन्छ । त्यसपछि उक्त दूध सेलाए पछि फेरि माथिबाट कतरामा दूध राख्ने गरिन्छ । त्यसपछि अन्तिममा पूरा भर्ने गरी दूध राखिन्छ । उक्त दूध सेलाएपछि दहीलाई अर्को माथिबाट कतराले नै छोप्ने गरिन्छ ।

    juju-dho-bhaktpur-15.jpg

    त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब चार/पाँच घण्टापछि जुजु धौ तयार हुन्छ । तर प्लाष्टिकको भाडामा वा रेफ्रिजेरेटरमा जमाउने दही दूध उमालिसकेपछि सेलाउन राखिन्छ । त्यसपछि सेलाएको दूध एकैचोटि भरिने गरी प्लास्टिकको भाडामा राख्ने गरिन्छ । नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही हो । यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही भन्ने हो ।

    भक्तपुरमा ६५ परिवार दही बनाउने पेशामा आबद्ध रहेको जुजु धौ एशोसिएसनको अनुमान छ । त्यसमध्ये ५० परिवार एशोसिएसनमा आवद्ध छन् ।

    juju-dho-bhaktpur-24.jpgjuju-dho-bhaktpur-2.jpgjuju-dho-bhaktpur-26.jpgjuju-dho-bhaktpur-3.jpgjuju-dho-bhaktpur-8.jpgjuju-dho-bhaktpur-9.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ