आइतबार, जेठ ६ गते २०८१

भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु

भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु

अखबार दैनिक
शुक्रबार, असार ८ २०८०
  • भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु

    एजेन्सी - भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

    images

    उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी सहरमा सो दुर्घटना भएको हो।

    ‘बिहिबार चालकसहित १० जना चढेको एउटा कार पहाडी सडकबाट चिप्लिएर मुनसियारी क्षेत्रमा ६०० फिट गहिरो खाल्डोमा खसेको छ,’ पिथौरागढस्थित विपद् व्यवस्थापन कार्यालयका एक अधिकारीले भने। ‘गाडीभित्र रहेका नौ जना पुरुष र एक महिला गरी सबै जनाको मृत्यु भएको छ,’ उनले भने।

    खाल्डोबाट सबै शव निकालिएको र उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाउने औपचारिकता पूरा भइरहेको ती अधिकारीले बताए।

    अधिकारीहरुका अनुसार छिमेकी वागेश्वर जिल्लाका बासिन्दाका रूपमा पहिचान भएका ती व्यक्ति हिन्दू मन्दिरको दर्शन गर्न जाँदै थिए।

    रातभरको भारी वर्षाका कारण उक्त सडक ठाउँठाउँमा पहिरोको माटो जम्मा भएको र यसका कारण सडक चिप्लो भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ