आइतबार, जेठ ६ गते २०८१

सहारा मरुभूमिमा बन्यो संसारकै ठूलो सोलार प्लान्ट

सहारा मरुभूमिमा बन्यो संसारकै ठूलो सोलार प्लान्ट

अखबार दैनिक
बिहीबार , असार ७ २०८०
  • सहारा मरुभूमिमा बन्यो संसारकै ठूलो सोलार प्लान्ट

    ७ असार, काठमाडौं । मोरक्कोले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट निर्माण गरेको छ । यो प्लान्टले ठूलो मात्रामा सौर्यउर्जाको बिजुली उत्पादन गर्नेछ जसले जिवाश्म इन्धन तथा कोइलामाथिको मोरक्कोको निर्भरता हटाउने बताइएको छ । साथै यो प्लान्टले सूर्यको प्रकाश नपरेको बेलामा पनि बिजुली उत्पादन गर्ने बताइएको छ ।

    images

    morocco_solar_energy_flickr_4.webp

    उर्जा उत्पादनको मामिलामा मोरक्को संसारको शक्ति राष्ट्र बन्न चाहन्छ । नविकरणीय उर्जा उत्पादनमा विश्वमै अग्रणी बन्ने उसको चाहना छ । हाल पूर्णरुपमा निर्माण भैसकेको यो सोलार प्लान्टले मोरक्कोमा खपत हुने ३५ प्रतिशत नविकरणीय उर्जा उत्पादन गर्नेछ ।

    यो सोलार फार्म सहारा मरुभूमिमा छ जुन ३ हजार एक्कड क्षेत्रफलमा फैलिएको छ । यो प्लान्ट ३५ सय वटा फुटबल मैदान जत्तिकै ठूलो छ ।

    यसबाट ५ सय ८० मेगावाट बिजुली उत्पादन हुनेछ, यो सँगै उक्त प्लान्ट विश्वमै सर्वाधिक बिजुली उत्पादन गर्ने सोलार प्लान्ट बन्नेछ।  सो सोलार प्लान्टको नाम The Noor-Ouarzazate complex हो।

    morocco_solar_energy_getty_2.jpg

    विश्व बैंकका अनुसार मोरक्कोले आफ्नो देशमा खपत हुने उर्जाको ९७ प्रतिशत आयातित काइला, पेट्रोल तथा डिजेलबाट पूर्ति गर्दै आएको छ । यो परियोजनाले भविष्यमा कोइला, पेट्रोल तथा डिजेलको प्रयोगलाई घटनाउने छ।

    ५ सय ८० मेगावाट बिजुली सौर्यउर्जाबाट उत्पादन भएसँगै ७ लाख ६० हजार टन कार्बन उत्सर्जन पनि कम हुनेछ ।

    अर्थात् जिवाश्म इन्धनको प्रयोगबाट हुने लाखौँ टन कार्बन उत्सर्जन कटौती हुँदा त्यसले प्रदूषण कम गर्न सहयोग पुग्नेछ। जुन जलवायु परिवर्तन विरुद्धको लडाइँमा पनि महत्वपूर्ण हुने बताइएको छ।

    सहारा मरुभूमिमा मोरक्कोले तयार गरेको यो सोलार प्लान्ट अन्य परम्परागत सोलार प्लान्टभन्दा निकै फरक छ। यसले उत्पादित बिजुलीलाई सिधै विद्युत ग्रीडमा पठाउनेछ।

    morocco_solar_energy_getty_3 (1).jpg

    यो सोलार प्लान्टमा रहेका सोलार प्यानलले सूर्यको प्रकाशलाई एक ठाउँमा जम्मा गर्दछन् जसले उच्च तापक्रम पैदा हुन्छ। सो तापले प्यानलको तलपट्टि राखिएका पाइपमा भरिएको तलर नुनलाई तातो बनाउँछ।

    morocco_solar_energy_flickr_1.webp

    उक्त नुनिलो तरल पदार्थ वाफ बनेर टबाइनतिर जान्छ। बाफको दबाबले टर्बाइन तिव्र गतिमा घुम्दछ, जसबाट बिजुली पैदा हुन्छ। सूर्य अस्ताएपछि पनि तातो भैरहेको सोही नुनिलो तरलका कारण बिजुली उत्पादन भैरहेको हुनेछ। एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार