शुक्रबार, असार २१ गते २०८२

पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छ : सुनिता डंगोल

पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छ : सुनिता डंगोल

अखबार दैनिक
शुक्रबार, असार २१ २०८२
  • पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छ : सुनिता डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल/गुथि/खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।  शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । 

    images

    सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान गर्नेहरुको लागि सम्मान भएको बताएकी छन् । 

    उनले भनिन्,"काठमाडौं महानगरपालिकाले दिएको रकम अनुदान स्वरुप दिन लागेको होइन, सम्मान गरेर दिन लागेको हो । अनुदान भन्ने वित्तिकै सहयोग भन्ने बुझिन्छ । तर महानगरपालिकाको पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान दिनु भएको छ र यो त्यसकै सम्मान हो ।"

    यस्तै, उनले  काठमाडौं महानगरपालिकाभित्र रहेको हरेक समुदाय र बाजाको उत्तिकै महत्व रहेको भन्दै बाजागुरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन् । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ