आइतबार, जेठ ६ गते २०८१

जिल बाइडेनले मोदीलाई घरमा बोलाइन्, के खुवाइन् ?

जिल बाइडेनले मोदीलाई घरमा बोलाइन्, के खुवाइन् ?

अखबार दैनिक
बिहीबार , असार ७ २०८०
  • जिल बाइडेनले मोदीलाई घरमा बोलाइन्, के खुवाइन् ?

    एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा बुधवार साँझ आफ्नो निवास ह्वाइट हाउसमा रात्रि भोजको आयोजना गरेका छन् । यसअघि वासिङ्टन पुग्दा प्रधानमन्त्री मोदीको भव्य स्वागत गरिएको थियो ।

    images

    modi_qfKeEP0zhL.jpg

    वासिङ्टनस्थित अमेरिकी जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा अवतरण गरेपछि उनलाई गार्ड अफ अनरले सम्मान गरिएको थियो । यसपछि उनी ह्वाइट हाउस पुग्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेन उनलाई स्वागत गर्न राष्ट्रपति भवनबाट बाहिर निस्किए ।

    समाचार एजेन्सी पीटीआईका अनुसार, प्रधानमन्त्री मोदीको लागि तयार गरिएको डिनरमा कोदोको खाना र मकैको सलाददेखि स्टफ गरिएको च्याउ लगायतका खानेकुरा  थिए ।

    modi1_st78cvm9WL.jpg

    अमेरिकाकी प्रथम महिला जिल बाइडेनले बुधवार यो विशेष डिनर तयार गर्न विशेष सेफ नीना कर्टिसलाई बोलाएको बताएकी थिइन् ।

    modi-dinner1_XEvDASK7LX.jpg

    नीना कर्टिसलाई शाकाहारी खानपानकी विशेषज्ञ मानिन्छ । उनैले यो डिनरका लागि शाकाहारी मेन्यु तयार पारेकी हुन् ।  

    modi_jill-biden_bpRFHxk1vP.jpg

     

    यस अवसरमा प्रधानमन्त्री मोदीले बाइडेन परिवारलाई पनि भेटे, त्यसपछि साँझ उनले जो बाइडेन र जिल बाइडेनसँग भारतलाई ध्यानमा राखेर तयार पारिएको विशेष साङ्गीतिक कार्यक्रमको मजा लिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार