मंगलबार, जेठ ८ गते २०८१

पोखरामा विश्व संगीत दिवस मनाइँदै 

पोखरामा विश्व संगीत दिवस मनाइँदै 

अखबार दैनिक
बुधबार, असार ६ २०८०
  • पोखरामा विश्व संगीत दिवस मनाइँदै 


    पोखरा । पोखरामा आजअसार ६ गते विश्व संगीत दिवस २०८० मनाइदै छ । सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८ संस्थाले विश्व संगीत दिवस मनाउन लागेका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व संगीत दिवसलाई निरन्तरता दिन सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए । 

    images

    पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुने सो सांगीतिक कार्यक्रमले पोखराको सांगीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ । सांगीतिक  कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति गर्ने जानकारी सो अवसरमा दिइएको थियो ।

    सोह्रवटा प्रस्तुति रहने उक्त कार्यक्रमा दर्शकले निःशुल्क प्रवेश पाउने बताइएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गर्न लागिएको उक्त कार्यक्रम आगामी वर्ष संयुक्तरूपमा मनाइने जानकारी सो अवसरमा दिइएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार