सोमबार, मंसिर ३ गते २०८१

तारक मेहता शोका निर्माता समस्यामा, यौन दुर्व्यवहारको मुद्दा दर्ता

तारक मेहता शोका निर्माता समस्यामा, यौन दुर्व्यवहारको मुद्दा दर्ता

अखबार दैनिक
मंगलबार, असार ५ २०८०
  • तारक मेहता शोका निर्माता समस्यामा, यौन दुर्व्यवहारको मुद्दा दर्ता

    मुम्बई प्रहरीले मंगलबार ‘तारक मेहता का उल्टा चश्मा’ का एक अभिनेताको उजुरीमा शोसँग सम्बन्धित केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    images

    समाचार एजेन्सी एएनआईका अनुसार पवई प्रहरीले निर्माता असित कुमार मोदी, अपरेसन हेड सोहेल रमानी र कार्यकारी निर्माता जतिन बजाजविरुद्ध मुद्दा दर्ता गरेको छ ।  एजेन्सीका अनुसार हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

    मुम्बई प्रहरीले अभिनेताको तर्फबाट लिखित उजुरी पाएको बताएको छ ।

    यस्तै तारक मेहता का उल्टा चश्माको निर्माण गर्ने सङ्गठन निला फिल्म प्रोडक्सन लिमिटेडले सबै आरोप खारेज गरेको छ । 

    संगठनले एफआरआई दर्ता भएकोबारे आफूहरूलाई केही पनि जानकारी नभएको र यसबारे कुनै पनि टिप्पणी नगर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ