मंगलबार, जेठ ८ गते २०८१

चियासँग बिस्कुट खाँदा हुन सक्छ यस्तो समस्या

चियासँग बिस्कुट खाँदा हुन सक्छ यस्तो समस्या

अखबार दैनिक
सोमबार, असार ४ २०८०
  • चियासँग बिस्कुट खाँदा हुन सक्छ यस्तो समस्या

    एजेन्सी । कतिपय मानिसलाई चियासँग बिस्कुट नभै नहुने पनि हुन्छ । चियासँग हरेक समय बिस्कुट खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

    images

    आमरुपमा बिस्कुटमा मैदा, चिनी तथा तेलको प्रयोग गरिएको हुन्छ । जसले गर्दा त्यसमा अत्यधिक मात्रामा क्यालोरी हुन्छ । त्यसैले चियासँग बिस्कुटको सेवन गर्नाले शरीरमा क्यालोरीको मात्रा बढ्न सक्छ । जसले गर्दा मोटोपनको शिकार पनि भइन्छ ।


    त्यस्तै बिस्कुटमा चिनीको मात्रा अत्यधिक हुने भएकाले यसले दाँतमा पनि नोक्सान पुर्‍याउन सक्छ । त्यसैले अत्यधिक मात्रामा चिनीको सेवन गर्नाले गिँजामा समस्या देखिन सक्छ ।


    यसरी नै चियासँग हरेक समय बिस्कुट खाँदा यसले छालामा पनि नराम्रो असर पुर्‍याउँछ । चिया र बिस्कुटको सेवन सँगै गर्नाले अनुहारमा डन्डीफोर आउने तथा दागहरु आउने समस्या हुन सक्छ ।

    बिस्कुटमा ग्लुटेनको मात्रा पाइन्छ जसले गर्दा कतिपय मानिसमा यसले पाचन सम्बन्धी समस्या ल्याउन पनि सक्छ । त्यसैले अपच र ग्यास जस्ता समस्याबाट बच्न चियासँग बिस्कुट साथमा नखानुहोस् ।

    यसरी चिया र बिस्कुट नियमित खाइरहने गर्दा मोटोपनको शिकार हुने अत्यधिक सम्भावना हुन्छ । किनकी बिस्कुटमा धेरै चिनीको मात्रा हुन्छ साथमा चियामा पनि चिनीको मात्रा हुन्छ । जसले गर्दा धेरै क्यालोरी सेवन गरिन्छ ।

    यदि कब्जियतको समस्याबाट बच्न छ भने पनि चियासँग बिस्कुटको सेवन नगर्नुहोस् । मैदा र चिनीले बनेको बिस्कुटको सेवन गर्दा कब्जियतको अत्यधिक सम्भावना हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार