सोमबार, मंसिर ३ गते २०८१

नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई स्पष्टीकरण

नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई स्पष्टीकरण

अखबार दैनिक
शुक्रबार, असार १ २०८०
  • नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई स्पष्टीकरण

    १ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ । उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण रोक्न निर्देशन दिएकोबारे स्पष्टीकरण माग गरेको हो ।

    images

    प्राधिकरणले काठमाडौं–९ मा रहेको आफ्नो जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरीको टोलीले निर्माण रोकेको थियो । महानगरको टोललीले प्राधिरकणले भवन बानाइरहेको क्षेत्रमा लगाएको तारबार हटाएको थियो ।

    प्राधिकरणले निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी समेत नदिएको र कर्मचारीले काम नरोक्न आग्रह गर्दा लिखित पत्र र आधिारिक जानकारी माग गर्दा नगर प्रभमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्न भनिएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

    nepal-nagarik-uddyan-pradhikaran-complex.jpg
    तार काटेर फेन्सिङ लैजाने कार्यमा मेयर बालेन पनि प्रत्यक्ष संलग्न रहेको भन्दै प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ । यसअनुासर कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिवना पर्नसक्छ ।

    उड्डयन प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयअनुसार स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन दिइएको छ । लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ ।

    प्राधिकरणले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ ।

    हेर्नुहोस् स्पष्टीकरण पत्रहरूः

    ram-ttt.jpgbalendra-22.jpgraju-pande.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ