सोमबार, मंसिर ३ गते २०८१

बेटिङमा संलग्न चोलेन्द्रकी भान्जी सुष्मा कार्कीलाई किन पक्राउ गरेन प्रहरीले ?

बेटिङमा संलग्न चोलेन्द्रकी भान्जी सुष्मा कार्कीलाई किन पक्राउ गरेन प्रहरीले ?

अखबार दैनिक
शुक्रबार, असार १ २०८०
  • बेटिङमा संलग्न चोलेन्द्रकी भान्जी सुष्मा कार्कीलाई किन पक्राउ गरेन प्रहरीले ?

    काठमाडौं । नायिका सुष्मा कार्कीले पनि ‘सीजी बेटबुक’ नामक अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको खुलेको छ । नायिका कार्कीले ५० हजार रुपैयाँ लिएर ‘सीजी बेटबुक’ नामक अनलाइन बेटिङ प्लेटफर्मको प्रचार गरेको खुलेको हो ।

    images

    उनले अनलाइन सट्टेबाजीको प्रचार गरेको भिडिओसमेत सार्वजनिक छ । तर अनलाइन सट्टेबाजीको प्रचार गरेकी उनी भने पक्राउ परेकी छैनन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा बिहीबार मात्रै हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजुमास्टर), पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको थियो ।

    तर पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकी भान्जीसमेत रहेकी सुष्मालाई भने प्रहरीले पक्राउ गरेको छैन् । सुष्मा कार्कीले ‘सीजी बेटबुक’ नामक अनलाइन बेटिङ प्लेटफर्मको प्रचार गर्दै भनेकी छिन्, ‘हेल्लो फ्रेन्ड्स कस्तो हुनुहुन्छ तपाईंहरू ? तपाईं घर बसेर बोर त हुनु भएको छैन ?,” प्रचार गर्दै टिकटकरहरू भन्छन्, “इफ बोर हुनुभएको छ भने म तपाईंहरूलाई ल्याएर आएको छु एसियाकै मस्ट ट्रस्टेबल लिगल लाइसेन्स गेमिङ एक्सचेन्च ‘सीजी बेट बुक’ । लाइभ गेममा तपाईंहरू क्रिकेट फुटबल टेनिस, क्यासिनो खेल्न सक्नु हुनेछ त्यही पनि घर बसी बसी । सो, छिट्टो जानुस् तल दिइएको लिङ्कमा क्लिक गरेर आईडी प्राप्त गर्नुहोस् । या हाम्रो तल दिइएको ह्वाट्सअप नम्बरमा पनि आईडी प्राप्त गर्न सक्नुहुनेछ । सो गाइज एकदमै छिटो जानुस्, आफ्नो आईडी बनाउनुस्, र एकदमै धेरै पैसा जित्नुहोस् । बेस्ट अफ लक !”

    यसरी अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन सार्वजनिक भएपनि प्रहरीले सुष्मा कार्कीलाई पक्राउ नगर्नु रहस्यमय छ । उनलाई पूर्व प्रधानन्यायाधीश चोलेन्द्रकी भान्जी भएकै कारण पक्राउ नगरिएको बताइन्छ ।

    अन्य नाम चलेका कलाकारहरु पक्राउ पर्नु तर अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको भिडिओ सार्वजनिक भए पनि सुष्मा पक्राउ नपर्ने ? भन्दै प्रश्न उठ्न थालेको छ । तर नायिका कार्कीले आफूले नेपालमा अनलाइन सट्टेबाजी गैरकानूनी हो भन्ने थाहा नपाएर विज्ञापन गरेको बताएकी छिन् ।

    हेर्नुस सुष्मा कार्कीले गरेको विज्ञापन :

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ