सोमबार, मंसिर ३ गते २०८१

गण्डकी गाउँपालिकामा भेटियो दुर्लभ सालक

गण्डकी गाउँपालिकामा भेटियो दुर्लभ सालक

अखबार दैनिक
शुक्रबार, असार १ २०८०
  • गण्डकी गाउँपालिकामा भेटियो दुर्लभ सालक

    गोरखा, १ असार । गोरखाको गण्डकी गाउँपालिका-४ फुजेलस्थित फलाटे गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको छ । शुक्रवार बिहान उक्त सालका भेटिएको वडाध्यक्ष राजुबाबु भण्डारीले जानकरी दिए।

    images

    नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने उक्त सालकलाई स्थानीयले सुरक्षित राखेको समेत उनले बताए।

    बहुमूल्य र लोपोन्मुख सालकको खपडा महङगो मुल्यमा बिक्री हुने भएकाले चोरीशिकारी अत्यधिक हुने गर्दछ । सालकको संख्या लोप हुँदै गएकाले पछिल्लो समय वन कार्यालय अन्तर्गत संरक्षण गर्ने कार्यक्रम समेत लागू हुन थालेको छ ।

    प्वाल बनाएर जमीनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेषगरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ