काठमाडौं । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लुडब्लुइ) का दिग्गज पहलवान ड्वेन जोनसन अर्थात् द रकको मुभ्सका धेरै फ्यान छन् । जब उनी रिंगमा हुन्छन्, फ्यानहरू उनका एक एक एक्सनमा खुसी हुन्छन् । तर, अहिले यी रेस्लरले डब्लुडब्लुइ रिङमा नभई अभिनयमा आफ्नो योग्यता प्रमाणित गरिरहेका छन् । संसारका सबैभन्दा महँगा अभिनेता मध्ये एक, ड्वेन जोन्सन हलिउडमा पनि सुपरस्टार हुन् । यस्तो अवस्थामा एउटा खबरले सबैलाई चकित बनाएको छ ।
वास्तवमा सोसल मिडियामा जोनसनले सनातन हिन्दू धर्म अपनाएको दाबी भइरहेको छ । हातमा पुजाको थाल र घाँटीमा कान्तीको माला लगाएका यी सुपरस्टारको तस्बिरले ट्विटरमा हलचल मच्चाएको छ । एक प्रयोगकर्ताले लेखेका छन्- हलिउड फिल्म स्टार र डब्ल्यूडब्ल्यूई स्टार द रक अर्थात् ड्वेन जोन्सन सरले सनातन धर्म अपनाएका छन्। सनातन धर्मलाई नजिकबाट जान्नेले यसलाई आफ्नो मान्छन्। केही धर्मनिरपेक्ष मानिसहरूलाई यो मन पर्दैन।
अर्को प्रयोगकर्ताले लेखेका छन्- धर्म भनेको कुनै ‘इफ’ वा ‘बट’ बिना आफ्नो नेताको साथमा उभिनु हो। भारत र सनातनलाई बचाउन मोदीलाई रकको ठोस समर्थन चाहिन्छ। मैले पोस्टमा के भनेको छु बुझ्नुहोस्। त्यस्तै, अन्य धेरै ट्विटर ह्यान्डलहरूले द रकका तस्बिरहरू पोस्ट गरिरहेका छन्।
तर, द रकको यो तस्वीरको सत्यताको खोजी गर्दा अर्कै कुरा बाहिर आयो। वास्तवमा द रकको भाइरल तस्विर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा बनाइएको हो । तपाईंले तस्विरमा यो पनि देख्न सक्नुहुन्छ कि द रकको हातमा कुनै ट्याटू छैन, तर वास्तवमा हलिउड स्टारले धेरै ठूला ट्याटुहरू बनाएका छन्। उनको सोसल मिडिया अकाउन्ट पनि हेर्नुभयो भने हालका तस्विर र भिडियोबाट यो कुरा प्रष्ट हुन्छ । यसको मतलब एआईको कलाकृतिले बनाएको तस्विर हेरेर मानिसहरु अन्योलमा परेको हुनसक्छ ।