मंगलबार, जेठ ८ गते २०८१

कुकुरलाई उपचार गरेर उचित व्यवस्थापन गर्दै आइरहेकी, हृतिका गुरुङ 

कुकुरलाई उपचार गरेर उचित व्यवस्थापन गर्दै आइरहेकी, हृतिका गुरुङ 

अखबार दैनिक
बिहीबार , जेठ ३२ २०८०
  • कुकुरलाई उपचार गरेर उचित व्यवस्थापन गर्दै आइरहेकी, हृतिका गुरुङ 

    उनी हुन् धनगढीकी २१ वर्षीया हृतिका गुरुङ जसले +२ को परिक्षा सकेपछि सडकमा भएका बेवारिसे कुकुरहरूलाई खाना खुवाउने तथा दुर्घटनामा परेका, रोग लागेका र घाइते भएका कुकुरलाई उपचार गरेर उचित व्यवस्थापन गर्दै आइरहेकी छिन्।

    images

    हरेक दिन सहरका गल्लीहरूमा भएका कुकुरहरूलाई खान खुवाउन, घाइते कुकुर, बिरालो र गाईवस्तुहरूको उपचार गर्न मै व्यस्त रहने उनले हालसम्म १,००० भन्दा धेरै कुकुरको उपचार र व्यवस्थापन गरिसकेकी छिन्। जनावरको उपचार गर्न आफुसँग पर्याप्त रकम नभएको र सहयोग पनि सधैं नआउने भएको कारण आफू पनि स्वयम् भेटनरी पढ्दैछिन्।

    उनी भन्छिन्, "आफुलाई मन परुञ्जेल जनावर पाल्ने अनि मन पर्न छाडेपछि वा बुढो भएपछि सडकमा छोड्ने प्रवृत्ति बन्द गर्नुपर्छ, जनावरहरूको पनि हाम्रो जस्तै मन हुन्छ, हामीलाई जस्तै भोक लाग्छ, चोट लाग्दा उनीहरूलाई पनि दुख्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार