काठमाडौँ । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’को प्रदर्शन मिति चय भएको हो ।
सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ । लक्ष्मण रिजाल निर्माता रहेको चलचित्रको वितरण श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले गर्दैछन् ।
चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतले अभिनय छ ।
विज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाङ्कन हरिबहादुर घलेले गरेका हुन् । अनिश अधिकारीको शब्द र सङ्गीत रहेको चलचित्र तनहुँ जिल्लाको विभिन्न स्थानमा खिचिएको हो ।
‘गणपति’ अत्यन्तै राम्रो भएकाले आफू यो चलचित्रमा जोडिएको प्रस्तुत कर्ता रामप्रसाद रिजालले बताए । ‘म निरन्तर फिल्म निर्माणमा छु । सरर ‘गणपति’ हेरें, मन छोयो । त्यस कारण अघि बढेँ’, यसअघि ‘वान डे’, ‘कसम’, ‘धुँवा यो नशा’,‘कायरा’ र ‘डिसेम्बर फल्स’ निर्माण गरिसकेका रामप्रसाद भन्छन्, ‘‘गणपति’ ले दर्शकमाझ एउटा नौलो आयाम प्रस्तुत गर्नेमा म विश्वस्त छु ।’ भगवान् र मान्छेबीचको अन्तरसम्बन्ध र अन्तरको कथा भन्ने चलचित्रको फस्र्टलुकले दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ ।
‘बुलबुल’ र ‘झिंगेदाउ’ को सफलतापछि आफ्नो तेस्रो चलचित्र स्वरूप ‘गणपति’ दर्शकमाझ आउन लागेकोमा अभिनेता मुकुन निकै उत्साहित छन् ।