संघ सस्था ऐन २०३४ अनुसार २०४७ मा दर्ता भएर विज्ञापनमा हुने सृर्जनाको विकास विस्तार प्रर्वद्धनमा जुटेको संघ ३३ बसन्त पार गरी आफु ३४ वर्षमा पुग्दैछ ।
विज्ञापन संघले आफनो स्थापनाकालको नाम नेपाल विज्ञापन एजेन्सी संघलाई फेरेर नेपाल विज्ञापन संघ बनाएर सबै समग्र विज्ञापनचक्रका साझेदारलाई समेटन प्रयास गरेकोछ ।
क्लिन फिड र विज्ञापन ऐन ल्याउनका लागि संघको अग्रजहरुबाट भएको निरन्तर प्रयासलाई प्रसंसा गर्नुपर्छ भलै ऐन विज्ञापन व्यवसायीहरुको हितमा त्यति खुलेको छैन तर सुन्यबाट माथी आएको अवस्था हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
सञ्चार माध्यमको कुरा गर्दा विज्ञापन बिसर्नु हुदैन। विज्ञापन बिनाको सञ्चार निस्पक्ष समाचार सम्पादकिय स्वतन्त्रताको कल्पना गर्न सकिन्न। विज्ञापनको कुरा उठ्नासाथ विज्ञापन एजेन्सीको भुमिका बिर्सन र नकार्न सकिन्न ।
समृद्ध देशको चिनारी विज्ञापन पनि हो जस्ले व्यवसायीकता देखाउँछ । उद्योगको विकास, व्यवसायको सफलता विज्ञापनमा रहेकोछ । यसलाई परिस्कृत गरी आमदर्शक श्रोतामा ,उपभोक्तामा पुरयाउन सृर्जनाको अहमता छ ।
सर्जक र श्रष्टाबाट बनाएका मेहेनतले विज्ञापनमा सृर्जना भरी आर्कषक र मनमोहन ढंगबाट बस्तु वा सेवाका सुचना, जानकारी, प्रयोग विधि, सर्वसाधारणमा पुर्याउन विज्ञापन सृर्जनाले भुमिका खेल्छ ।
संघ संस्था भन्नाले विविध उदेश्य राखी गठन गरिन्छ ।जस्मा सामाजिक र व्यवसायिक मुल उदेश्यमा पर्दछन । संस्थाहरु मुलत कार्टेलिङ्गमा लागेका देखिन्छन जसबाट मुलत सदस्यको हितका लागि उपभोक्तालाई गुमराहमा राखिन्छ र मुल्यमा चलखेल गरिन्छ ।
साथै वस्तु वा सेवालाई अनावश्यक कृतिम अभाव श्रृर्जना गरेर, सुचना लुकाएर आदि बाट सदस्यको हित र उपभोक्ताहरुको अहित गरिन्छ ।
पछिल्ला दिनमा यो सोचमा परिवर्तन आएको छ जस्मा व्यवसायिक पहल जस्ता सकारात्मक प्रयास पनि भएका छन जसबाट नेपालमा औद्योगिक वातावरण बनाउन सहज हुन्छ र विदेशी लगानिका लागि पनि फाइदा हुन्छ ।
संस्था भन्ने बित्तिकै मानिसको दिमागमा सिन्डिकेट शव्द आउँछ यो गलत हो । हुनत सिन्डिकेटबाट पिडित हामी उपभोक्ताको डर स्वभाविक पनि हो चाहे मलमा, होस चाहे पानीमा, चाहे खाद्यान्नमा जेसुकै जुनसुकै क्षेत्रमा पनि सिन्डिकेट व्याप्त छ । सरकारले यसलाई नियमन गर्न सकेको छैन ।
२०४७ साल देखि स्थापना भएर चाहे नेपालमा सन १९९८मा फुटबल वल्र्ड कप भित्र्याउने सवालमा होस या बाग्मती सफाईमा नेपाल विज्ञापन संघ जुटेको छ । आज बाग्मती सफाई अभियानको दश वर्ष पुगेको छ ।
सामाजिक संघ सस्था भएर सार्वजनिक सरोकारमा जुटने कमै छन । हदै भए रक्तदान र बृक्षारोपण बाहेक अन्य गतिविधि गर्न नसकेको परिवेस पनि हाम्रा सामु छ ।
कति संघ सस्ंथा व्यक्तिगन स्वार्थमा पनि जुटेका छन तथा प्रयोग भएका छन हुन त त्यो हिशाव राख्ने जिल्ला प्रशासन कार्यालय छ नै हामीले चिन्ता गर्न पर्दैन ।
संघले वि.स.२०६३ देखि निरन्तर विज्ञापन सृर्जनसिलता पुरस्कार कृति अर्वाडस कार्यक्रमको सुरुवात गरेर नेपालमा कला, सस्कृति, परम्पराको जर्गेनामा केहि प्रयास गरेको छ ।
कृतिको १२औं संंस्करण गतवर्ष भैसकेकोछ । सबै सरोकारवालाको साझा पर्व कृतिले लोकप्रियता लिएको छ । सायदै सरकारको बजेट भाषणपछि सबै सञ्चार माध्यमका लामो समय लाइभ प्रत्यक्ष प्रशारण हुने कार्यक्रम हो कृति ।
सबै सरोकारवालाहरुः एजेन्सी ,मिडिया, विज्ञापन बोर्ड,सरकार, दर्शक श्रोताले सहभागि हुन पाउने तथा लाभान्वीत हुन भएकाले यो अर्वाडस महत्वपूर्ण छ । महिनौसम्म लगातार सम्पूर्ण छापा, टिभि, अनलाइन, सामाजिक सञ्जालमा एकछत्र रुपमा गरिने विज्ञापनले विज्ञापन बजारमा हलचल ल्याउनु अलावा विज्ञापन क्षेत्रका सबैलाई लाभान्वीत गर्छ।
नेपालभर गरिने सबैखाले विज्ञापन जो जुनसुकै माध्यमबाट प्रकासित, प्रशारित भएतापनि एकै थलोमा ल्याएर एक आपसमा विभिन्न एजेन्सीका बिचमा स्वच्छ, निस्पक्ष तथा पारदर्शि रुपमा प्रतिस्पर्दा गराई बजारका जाने मानेका व्यक्तित्व,सञ्चार विज्ञ, विज्ञापन विज्ञ, अनसन्धानकर्ता, विशेषज्ञबाट मुल्याङकन गरी पुरस्कृत गर्नु आफैमा चुनौतपिूर्ण बिषय हो ।
बजारमा विशिष्टीकृत ज्ञान भएका तर अनुभव नभएका र अको अनुभव भएका तथा शैक्षिक योग्यता कम भएको अवस्था पनि छ । हुन त संसारमा जुनसुकै पुरस्कार पनि बिबादित हुन्छन् पाउनेहरु निस्पक्ष छ भन्छन नपाउनेहरु धाधली भन्दछन तर पनि प्रतिस्पर्दा गराउनु मात्र पनि महान कार्य हो ।
समय, विषय, प्रसंग तथा सानो मुलुक सानो बजार भएकाले एकले अर्कोलाई चिन्नु अन्यथा मान्नु हुदैन प्रोफेसनल व्यक्तित्वमा चिनजान रहे पनि पेशागत धर्म र व्यवसायीकता र व्यवसायीक नैतिकता हुन्छ ।
यो अर्वाडसमा नेपाल टेलिभिजनको निरन्तर महत्वपूर्ण सहयोग, सहकार्य र समन्वय छ जुन कृति अर्वाडसका लागि अपरिहार्य छ । साथै निजि तथा सरकारी सञ्चार गृहको सहयोग विना यो कृति अर्वाडस प्राय असम्भव नै छ ।
नेपालमा यस्ता कार्यक्रमहरु गर्नका लागि उचित सहज, सुलभ हल, सभागृह समेत छैनन । साथै सबै क्षेत्रलाई आमन्त्रण गर्न, व्यवस्थापन गर्न र सहभागि गराउन आफैमा चुनौतीपूर्ण छ ।
अर्कोतर्फ उद्योग, व्यवसाय र व्यापार नै कम रहेको मुलुकमा बजार प्रर्वद्धन आफैमा कठिन छ किनकी उद्यागी र व्यवसायी समेत एकपछि अर्को आर्थिक तथा प्राकृतिक प्रकोपबाट प्रभावित छन ।
यस परिस्थितीमा प्रायोजनका लागि निरन्तर श्रोत जुटाउनु र सहयोग गर्नु जटिल छ तर पनि उद्योगी र व्यवसायीको सहकार्य समन्वयलाई सलाम गर्नुपर्छ ।
कृति मार्फत नेपाली व्रान्डलाई प्रर्वद्धन गरीन्छ । हामीकहाँ ब्रान्डको बारेमा त्यती मात्रामा चेतना छैन केहि व्रान्ड अहिले जनताको मन मस्तिष्कमा छन जस्को कारण विज्ञापन नै हो ।
तसर्य विज्ञापनलाई खर्चको रुपमा नहेरी लगानीको रुपमा सोच्न आवश्यक छ । आजको दिनमा केहि व्रान्ड एनसेल, डिसहोम, वाइवाइ, इसेवा,गोल्डस्टार, पठाउ, आदि आएकाछन यि ब्रान्डहरु स्थापित हुन र बन्न विज्ञापन सृर्जना र सञ्चार माध्यमहरुको अहम भुमिका छ ।
नेपाली ब्रान्डलाई उचाईमा लैजान पुरयाउन कृतिको योगदान छ तसर्थ । नेपाली प्रतिष्ठित कम्पनीहरु कृृतीमा जोडिएकाछन साथै उत्कृष्ट विज्ञापन नेपालमै उत्पादन निर्माण गर्न सम्भव रहेको प्रमाणित गर्न र विज्ञापनदाताको विश्वास बढाउन सहयोग पुग्छ।
नेपालका औद्योगिक तथा व्यापारिक घरानाबाट यो अवार्डसको लागि भरपर सहयोग र सदभाव छ त्यसेैले पनि यो कृतिमा दर्शक श्रोता पाठक विज्ञापनदाता सञ्चार गृहको विश्वास रहेकोछ ।
कृति अर्वाड्स किन सृर्जनसिलताको लागि अहम मानीयो त यस्मा त्यस्तो के छ जसबाट सृर्जनामा बल पुग्छ । यो अर्वाडसमा सबै कलाकार, फोटोग्राफर, विज्ञापनकर्मि, पत्रकार,डिजाइनर, रचनाकार, गितकार, रेडियोकमिर्, रंगकर्मि, लेखक, संगितकार जो जस्ले विज्ञापन निर्माणमा योगदान गरेकाछन उहाँहरुको प्रतिभाले पुरस्कृत हुन्छ जसबाट उहाँहरुमा हौशला बढछ ।
कृतिबाट विज्ञापन दाता पनि केहि छाप छाड्न सकिन्छ । आर्कषक विज्ञापन सृर्जनाको बारेमा विज्ञापदातालाई बुझाएर रचनात्मक विज्ञापन गर्न सकिन्छ ।
जसबाट बिस्तारै विज्ञापनदातालाई नयाँ सृर्जना प्रविधि तर्फ मोडन सकिन्छ । कृतिका श्रृखलावद्ध कार्यक्रमहरु होटलमा गरीने भएकाले पनि पर्यटनमा समेत टेवा पुग्छ साथै कृतिको पुरस्कार समारोहमा कलाकारहरुबाट विविध कार्यक्रमहरु देखाइन्छ ।
आर्थिक दृष्टिले पनि यो अर्वाडसले बिशेष महत्व राख्दछ । जसमा सञ्चार गृहको करोडौको धनराशी बराबरको स्पेस र समय प्रयोग हुन्छ जुन रुपैयामा गणना गर्ने हो भने करोडौ हुन्छ ।
यस अर्थमा पनि यो सञ्चार गृहको पनि पर्व हो । सञ्चार गृहले पनि यहि कुरालाई मध्यनजार गर्दै सहयोग गरिनै रहेकाछन ।
नेपालमा इभेन्ट, मेला, समारोह, प्रर्दशनी कम हुन्छ एक त राम्रा स्थान नै छैन अर्को जुनकुनै ठाँउमा नेटवर्क पुग्दैन, लाइभ गर्न समस्या छ । हल र सभाकक्षको आकार सानो छ ।
कम दर्शक र श्रोता अटाउने मात्र छन । यो अर्को चुनौती छ । साथै समारोहका लागि महंगा इक्युपमेन्ट चाहिन्छ नयाँ नयाँ प्रविधि आएकोछ। बिदेशबाट आयात गर्नुपर्छ । यो संघले कृति अवार्डस सुरुवात गरेपछि नेपालमा इभेन्ट गर्न अन्य क्षेत्र पनि उत्साहित भएको छ ।
गर्न सकिने रहेछ गर्न पर्दोरहेछ भन्ने वातावरण सुरु भएको छ । तसर्थ यो कृतिले इभेन्ट व्यवसायमा लाग्ने व्यवसायीहरुमा पनि उत्साह जगाएकोछ ।
अर्वाडसले युवाहरुमा पनि हौशला बढाएकोछ ।जसबाट नेपाली सृर्जनसिलतामा युवाहरुको आर्कषण छ । साथै नयाँ मिडिया अथार्त अनलाईन र समाजिक सञ्जालले यो अवार्डसमा डिजिटल विद्याले सहभागि हुन पाउदा सहभागिता बढेको छ ।
नेपाल विज्ञापन संघले निरन्तर गर्दै आएको यस कार्यक्रम केहि वर्षंमा भएका प्राकृतिक विपत्ती बाहेक निरन्तर भैरहेकोछ ।यसका लागि मिडियाहरुको तथा विज्ञापनकर्मिको भरपुर सहयोग, सदभाव तथा सहकार्य रहेकोछ ।
लगातार तिन महिनासम्म विविध चरण गरी कार्य सम्पन्न गर्नुपर्ने कृतिमा सर्वप्रथम मुख्य प्रायोजक चयन गरी सम्झौता गरीन्छ । विज्ञापन एजेन्सीहरुबाट प्रतिस्पर्दाका लागि उहाँहरुले बनाएका विज्ञापनहरु नामाङकन गर्ने,नामाङकनका लागि आएका विज्ञापनहरुको आधिकारिकता जाँच्ने र बुझने, समय सिमा, विज्ञापन सेन्सर आदि हेरेर त्यसपछि मुख्य निर्णायक मण्डल चयन गर्ने मुख्य निर्णायक मण्डलबाट निर्णायकहरु छनौट गर्ने निर्णायकहरुलाई तालिम तथा अभिमुखिकरण गर्ने दिने, आएका नामाङकनहरुलाई कोडिङ गर्ने त्यसपछि आएका नामाङकनहरुलाई मुल्याङकन गर्ने र त्यस मध्ये उत्कृष्ट पाँच छनौट गरी घोषणा गर्ने त्यसपछी मुख्य समारोह मार्फत सबै पुरस्कारहरु घोषणा गर्ने गरिन्छ ।
यसका लागी चाहिने अवार्डसहरु बनाउने , प्रमाणपत्र तयार गर्ने, मिडियाहरुमा बजाउने टिजर तथा अन्य एडहरु बनाउने गरिन्छ । कृति अर्वाडसका प्राविधिक पक्ष हरुका साथै यसबाट उपभोक्ता, समाज, दर्शक, श्रोता विज्ञापनकर्मि, विज्ञापनदाता, विज्ञापन एजेन्सी विभिन्न ढंगबाट सहयोग पुग्छ ।
विज्ञापनको विकास, विस्तार, प्रवद्र्धनमा विज्ञापन बोडर्, सञ्चार गृह, विज्ञापन एजेन्सीहरुको सहकार्य ,सम्वाद, समन्वय अनिवार्य छ । आजको विश्वमा नेटवर्क जस्ले गर्छ उस्को व्यवसाय बढोत्तरी हुन्छ ।
विज्ञापन उद्योगमा अनुशाषन, र्नैतिकता, आचार संहितालाई पालन गर्दै बजारलाई विश्वसनिय, मर्यादित, स्वस्थ्य बनाउन संघ संस्थाको भुमिका अहम छ । जसमा मिडिया सोसाइटि, मिडिया एलायन्स, एकोरयाव, बान, आनको विचमा घनिभुत सहकार्य ,सहयोग, आदानप्रदान जरुरी छ ।
मर्यादित व्यवसाय नै दिगो व्यवसाय हुने भएकाले सबै विज्ञापनचक्रका साझेदारहरु मिल्नुको बिकल्प छैन भलै ढिलो वा चाडो समयने निर्धारण गर्ला ।
साथै विज्ञापन एजेन्सी मिडियाहरु पनि व्यवस्थित गर्न दर्ता देखि नियमनमा समेत केहि कडा प्रावधान राख्न सकेमा विज्ञापन व्यवसायमा व्यवसायीकता बढने र मर्यादित हुनेछ साथै अनुसन्धानको क्षेत्रमा सञ्चार गृह र आनको सहकार्य गर्नु आजको आवश्यकता हो ।
कृति जस्ता रचनात्मक तथा सृर्जनात्मक कार्यबाट नेपाल विज्ञापन संघले देशको अर्थतन्त्र तथा सञ्चारमा निरन्तर योगदान गरिरहेकोछ यसमा सञ्चार मन्त्रालयको ध्यान पुग्नु आवश्यक छ ।
साथै व्यवस्थापन संकाय अन्र्तगतका कलेजले पनि सृर्जनसिल विज्ञापन उत्पादन निर्माणमा सहकार्य गरी युवाहरुलाई सेवा उद्याम तर्फ आकृष्ट गर्न जरुरी छ ।