बुधबार, जेठ ९ गते २०८१

तौल घटाउन कालो नुन खाने तरिका

तौल घटाउन कालो नुन खाने तरिका

अखबार दैनिक
सोमबार, जेठ २९ २०८०
  • तौल घटाउन कालो नुन खाने तरिका

    एजेन्सी । कालो नुन स्वास्थ्यका लागि एकदमै लाभकारी हुन्छ । यसलाई खाएर तपाईं तौल कम गर्न पनि सक्नुहुन्छ । कालो नुनमा म्याग्नेशियम, क्याल्सियम, सल्फेट तथा आइरन जस्ता पोषक तत्वहरु पाइन्छन् ।

    images

    तौल कम गर्नका लागि तपाईं तातो पानीमा कालो नुन मिसाएर पिउन सक्नुहुन्छ । यसलाई पिउँदा तपाईंको शरीरको मेटाबोलिज्मको प्रक्रिया तेज हुन्छ जसले गर्दा तौल कम गर्न सजिलो हुन्छ ।

    तौल कम गर्नका लागि कालो नुनलाई चुकौनी तथा राइतामा मिसाएर पिउन पनि सकिन्छ । यो तौल कम गर्नका लागि एकदमै लाभदायक सावित हुन सक्छ । त्यस्तै दहीसँग पनि यसलाई सेवन गर्न सकिन्छ । यसरी कालो नुनलाई दहीसँग खाने गर्दा शरीरको बोसोलाई काट्ने काम गर्छ । साथै शरीरमा अतिरिक्त बोसो जम्न पनि दिँदैन ।

    यसरी कालो नुनलाई बिहान खाली पेटमा सेवन गर्न सकिन्छ । यसरी पनि शरीरको तौल कम गर्नका लागि कालो नुनले राम्रो काम गर्छ । यसलाई मनतातो पानीमा मिसाएर पिउनु फाइदाजनक हुन्छ ।

    साथै सलादमा पनि यसको प्रयोग गर्न सकिन्छ । सेतो नुनको सट्टा तपाईं सलाद तथा फलफूलमा पनि कालो नुन राखेर खाँदा यसले पाचन प्रक्रिया पनि राम्रो बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार