आइतबार, मंसिर २ गते २०८१

म्यानचेस्टरले च्याम्पियन्स लिग जित्दा जुलियन अल्भारेजले रचे इतिहास

म्यानचेस्टरले च्याम्पियन्स लिग जित्दा जुलियन अल्भारेजले रचे इतिहास

अखबार दैनिक
आइतबार, जेठ २८ २०८०
  • म्यानचेस्टरले च्याम्पियन्स लिग जित्दा जुलियन अल्भारेजले रचे इतिहास

    २८ जेठ, काठमाडौं । म्यानचेस्टर सिटीका स्ट्राइकर जुलियन अल्वारेजले विश्वकप जितेको ६ महिनामा पुन अर्को इतिहास रचेका छन् । उनी एकै सिजनमा ट्रेवल उपाधिसहित विश्वकप जित्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

    images

    २३ वर्षीय अर्जेन्टिनी फरवार्ड बाहेक अन्य ९ खेलाडीले पनि एकै सिजन यूरोपियन कप र विश्वकप जितेका छन् । तर, सोही सिजन घरेलु दुई प्रतियोगिता चाहीँ यसअघि कसैले जितेका छैनन् ।

    यो सिजन सिटीले खेलेका आधाभन्दा कम खेलमा अल्भारेज सुरुवाती ११ मा थिए, तर उनी सिटीमा १७ गोलसहित दोस्रो उच्च गोलकर्ता हुन् ।

    उनी २०२२ विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । सिटीले प्रिमियर लिगमा आर्सनलभन्दा ५ अंक बढी ल्याएर उपाधि जित्यो ।

    एफए कप फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हरायो । च्याम्पियन्स लिगमा शनिबार राति इन्टर मिलानलाई हराएको हो । अर्जेन्टिनाले गत डिसेम्बरमा फ्रान्सलाई हराउँदै विश्वकप जितेको थियो ।इस्तानाबुल मा भएको इन्टर मिलान र सिटीबिचको च्याम्पियन्स लिग फाइनलमा अल्भारेजले खेलेका थिएनन् ।

    तर, पनि उनको टिमले मिलानलाई १–० ले परजित गर्दा उपाधि उनको पनि हातमा आइपुगेको हो । अल्भारेज क्लब च्याम्पियनका साथसाथै विश्वकप पनि जित्ने १० औं खेलाडी हुन् ।

    यदि इन्टर मिलानले उपाधि जितेको भए, मिलानबाट खेलिरहेका अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजले त्यो स्थान लिन्थे । अन्य सबै खेलाडीले क्लब सिजन पश्चात विश्वकप जितेका छन् । तर, यस पटक कतारको गर्मीका कारण विश्वकप मध्य सिजनमा भएको थियो ।

    अन्य ९ खेलाडीमध्ये ६ जना १९७३ देखि ७४ मा बायर्न म्युनिख र जर्मनीको टिममा थिए । त्यस्तै अन्य ३ जनाले भने अलग वर्षमा रियल मड्रिडका लागि च्याम्पियन्स लिग जितेका थिए ।

    हान्स जियोर्ग स्वार्जेन्बेक, गर्ड मुलर, अलरिच होनेस, पाउल ब्रेटनर, जोसेफ माइर र फ्रेन्ज बेकनबाउर गरी जर्मनीका ६ जना खेलाडी अहिले अल्भारेको कीर्तिमाननजिक पुगेका थिए ।

    सन् १९७४ मा उनीहरुले विश्वकपसँगै बायर्न म्युनिखका लागि युरोपियन कप र जर्मन बुण्डेसलिगाको उपाधि जितेका थिए । जर्मन कपको सेमिफाइनलमा अन्तिमा मिनेटको पेनाल्टी गोलले उनीहरु बाहिरिनुपरेको थियो ।

    फ्रान्सका क्रिष्टियन कारेम्बेउले १९९८, ब्राजिलका रोवर्टो कार्लोसले २००२ र फ्रान्सका रफायल भारानेले सन् २०१८ मा एकै सिजन रियल मड्रिडका लागि च्याम्पियन्स लिग र देशका लागि विश्वकप जितेका थिए । ती सिजन रियलले घरेलु लिग र कप भने जित्न सकेको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ