मंगलबार, जेठ ८ गते २०८१

यी पाँच चिसा खानेकुराले शरीरमा तीव्र रूपमा बढाउँछ गर्मी, फाइदाभन्दा हानी बढी

यी पाँच चिसा खानेकुराले शरीरमा तीव्र रूपमा बढाउँछ गर्मी, फाइदाभन्दा हानी बढी

अखबार दैनिक
आइतबार, जेठ २८ २०८०
  • यी पाँच चिसा खानेकुराले शरीरमा तीव्र रूपमा बढाउँछ गर्मी, फाइदाभन्दा हानी बढी

    एजेन्सी - गर्मीमा खानपिनमा विशेष ध्यान दिइन्छ किनभने यो मौसममा कुनै चिजले कहिले हानी पुर्‍याउँछ, त्यो थाहा हुँदैन । यो मौसममा धेरैजसो मानिस चिसो खानेकुरा खान रुचाउँछन् जस्तै आइसक्रिम, कोल्ड ड्रिङ्क वा इत्यादि । तर चिसो देखिने यी खानेकुरा स्वास्थ्यका लागि कति फाइदाजनक छ ? आयुर्वेदका अनुसार यस्ता पाँच खानेकुरा छन् जुन हेर्दा चिसो हुन्छन् तर पेटमा समस्या निम्त्याउँछ । भारतका बिएचयूका आयुर्वेदाचार्य डा. अजय यादवमा शरीरमा गर्मी पैदा गर्ने चिसा खानेकुराबारे जानकारी दिएका छन् ।

    images

    आइस वाटर

    GettyImages_74332606-56a132a35f9b58b7d0bcf694.jpg
    आयुर्वेदले आइस वाटर अर्थात् बरफको पानी स्वास्थ्यका लागि ठिक मान्दैन । यद्यपि, मानिस गर्मीबाट राहत पाउनका लागि यसको प्रयोग गर्छन्, जुन गलत हो । बरफ राखिएको पानी खाँदा तपाईंको पाचन अग्नि शान्त हुन्छ । त्यसैले तपाईंको शरीरले राम्रोसँग पोषक तत्त्वलाई अवशोषित गर्न पाउँदैन र तपाईंले खाएको खानाको पौष्टिक तत्त्व शरीरले पाउँदैन ।

    आइसक्रिम

    Strawberry-Peach-Cottage-Cheese-Ice-Cream-pic.jpg
    गर्मीमा आइसक्रिम सबैभन्दा बढी रुचाइन्छ । तर यो स्वास्थ्यका लागि ठिक होइन भन्ने कुरा थाहा छ ? आइसक्रिममा फ्याट र सुगर अत्यधिक हुन्छ जसका कारण यो सजिलै पच्दैन । यसले पाचन अग्निलाई कमजोर बनाएर पाचन क्रियालाई ढिलो बनाउँछ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ जम्मा हुने गर्छ ।

    कागती

    1657677300_full.jpg
    गर्मीको मौसममा पेटलाई शान्त पार्नका लागि मानिस कागतीको प्रयोग पनि व्यापक गर्छन् । बजारमा यसको माग पनि राम्रै हुन्छ । भिटामिन सीले भरपुर कागतीको प्रभाव तातो हुन्छ । यसले शरीरमा गर्मीलाई बढाउँछ । यसको सेवन गर्दा छाती पोल्ने, एसिडिटी र छालासँग सम्बन्धित समस्या हुनसक्छ ।

    दही

    3476484e06a16bfe5bcbdb9e471449381593503702.jpg
    आयुर्वेदमा दहीलाई ब्लकेज पैदा गर्ने मानिएको छ । स्मरण रहोस्, दहीको प्रभाव तातो हुन्छ । त्यसैले यसलाई पचाउन सजिलो हुँदैन । गर्मीमा अग्नि कमजोर हुन्छ र दहीले त्यसलाई कम गर्छ जसका कारण अपच, पेट फुल्ने र शरीर भारी हुने गर्छ ।

    गोलभेँडा

    tamato.webp
    आयुर्वेदमा गोलभेँडालाई तातो खानेकुरा मानिएको छ । यो खाँदा यसको अमिलो स्वादले पित्त दोष बढाउँछ र शरीरमा गर्मी पैदा गर्छ । गर्मीमा गोलभेँडा खाँदा एसिडिटी, छाती पोल्ने र छालामा डाबरको समस्या हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार