बारा । बाराको माहागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवले चार कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।
नगर प्रमुख यादवले वडा न. १० गन्ज भवानीपुर श्री भोला उच्च माध्यमिक विद्यालयको चार कोठे भवनको शिलान्यास गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख लागतमा सो भवन निर्माण हुने उच्च मा.विका प्रमुख जय किशोर प्रसाद यादवले बताए ।
श्री भोलि उच्च माविका प्रधानाध्यापक रामाकान्ता प्रसाद गुप्ताले उक्त भवन ६ महिना भित्र सम्पन्न हुने बताए ।
शिलान्यास कार्यक्रममा उप मेयर, वडा अध्यक्ष गाउँघरको बुद्धिजीवी शिक्षक लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।