मंगलबार, जेठ ८ गते २०८१

शरीरलाई तुरुन्तै ऊर्जा दिने आँपको लस्सी

शरीरलाई तुरुन्तै ऊर्जा दिने आँपको लस्सी

अखबार दैनिक
शुक्रबार, जेठ २६ २०८०
  • शरीरलाई तुरुन्तै ऊर्जा दिने आँपको लस्सी

    एजेन्सी। आँपको लस्सी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । गर्मीमा यसलाई पिउँदा शरीर हाइड्रेट रहन्छ । पाकेको आँप र दही राखेर बनाइने लस्सीले कति फाइदाजनक छ त ? आउनुहोस् जानौं आँपको लस्सी पिउँदा हुने फाइदाहरूका बारेमा  :

    images

    – आँपको लस्सी पिउनु छालाका लागि पनि स्वस्थ मानिन्छ तर यसलाई धेरै मात्रामा पिउनु कैयौं पटक नोक्सानदायक पनि हुन सक्छ ।

    – आँपमा फाइबर, भिटामिन ए, भिटामिन के, म्याग्नेशियम, पोटाशियम आदि जस्ता पोषक तत्वहरु पाइन्छन् ।

    – गर्मीमा लस्सी पिउनु हड्डीका लागि पनि एकदमै फाइदाजनक मानिन्छ । यसमा भिटामिन के पाइन्छ जो हड्डीसँग जोडिएका समस्याका लागि एकदमै फाइदाजनक हुन्छ । साथै जोर्नी दुखाईमा पनि यो एकदमै प्रभावकारी छ ।

    – आँप रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि फाइदाजनक हुन्छ । गर्मीमा आँपको लस्सी पिउँदा रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यसमा पाइने भिटामिन ‘सी’ को प्रभावले इम्युनिटी बलियो हुन्छ ।

    – आँपको लस्सी पिउँदा पेटलाई पनि राम्रो गर्छ । यसलाई पिउँदा पेटमा चाहिने स्वस्थ ब्याक्टेरियाहरु बढ्छन् जसले गर्दा पाचन तन्त्र राम्रो हुन्छ ।

    – शरीरलाई उर्जा दिनका लागि पनि आँपको लस्सी प्रभावकारी उपाय हो । यसलाई पिउँदा शरीरको सुस्ती तथा आलस्य भागेर शरीर ऊर्जावान् हुन्छ ।

    साथै ,गर्मीमा डिहाइड्रेसनको समस्या पनि हुने गर्दछ । त्यसबाट बच्नका लागि सानो एक गिलास आँपको लस्सी एक दिनमा पिउनु एकदमै फाइदाजनक हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ