मंगलबार, जेठ ८ गते २०८१

१६ हजारभन्दा धेरै ‘सर्जरी’ गर्ने डाक्टर गाैरव गान्धीकाे ४१ वर्षकाे उमेरमा निधन

१६ हजारभन्दा धेरै ‘सर्जरी’ गर्ने डाक्टर गाैरव गान्धीकाे ४१ वर्षकाे उमेरमा निधन

अखबार दैनिक
बिहीबार , जेठ २५ २०८०
  • १६ हजारभन्दा धेरै ‘सर्जरी’ गर्ने डाक्टर गाैरव गान्धीकाे ४१ वर्षकाे उमेरमा निधन

    भारतकाे गुजरातका चर्चित मुटुराेग विशेषज्ञ सर्जन डाक्टर गाैरव गान्धीकाे निधन भएकाे छ । गान्धीकाे हृदयघातका कारण मङ्गलवार निधन भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
         
    ४१ वर्षीय गान्धी पेलेस राेडमा रहेकाे आफ्नाे घरमा सुतेकाे अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए । डाक्टरले उहाँलाई मृत घाेषित गर्दै हृदयघातका कारण ज्यान गएकाे बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेकाे छ।

    images

    डा. गान्धीले आफ्नाे मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिकाे मुटुकाे सर्जरी गर्नुभएकाे थियाे । डाक्टर गान्धी फेसबुकमा ‘हाल्ट हार्ट अट्याक क्याम्पेन’ मा पनि जाेडिनुभएकाे थियाे । याे देशभर हृदयघातकाे कारण भइरहेकाे मृत्युकाे विरुद्ध एक अभियान थियाे । उहाँले हृदयघातबाट बच्न विभिन्न तरिकाबारे बताउँदै आउनुभएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार