एजेन्सी - बलिउड अभिनेत्री स्वरा भास्करले तीन महिना अघि एक निजी कार्यक्रममा समाजवादी पार्टीका नेता फहद अहमदसँग विवाह गरेकी थिइन् । अब स्वराले आफू आमा बन्न लागेको घोषणा सोसल मिडियामार्फत घोषणा गरेकी छिन् ।
स्वराले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक तस्बिर साझा गर्दै यसबारे जानकारी दिएकी हुन् । तस्बिरमा उनी श्रीमान् फहदसँग देखिएकी छिन् । तस्बिर सेयर गर्दै नायिकाले क्याप्सनमा लेखेकी छिन्, ‘कहिलेकाहीँ तपाईंको सबै प्रार्थना एकै पटक सुनिन्छ । हामी नयाँ संसारमा पाइला टेक्दै छौँ । यसका लागि भाग्यमानी, आभारी र उत्साहित छौँ ।’
उनले आफ्नो सन्तान अक्टोबरमा जन्मिने पनि जानकारी दिएकी छिन् । उनी हाल पाँच महिनाकी गर्भवती छिन् ।