आइतबार, मंसिर २ गते २०८१

४७ वर्षअघिको गीत ‘नाच्देऊ मैच्याङ’को रिमेक ल्याउँदै शम्भुजित बास्कोटा

४७ वर्षअघिको गीत ‘नाच्देऊ मैच्याङ’को रिमेक ल्याउँदै शम्भुजित बास्कोटा

अखबार दैनिक
बुधबार, जेठ २४ २०८०
  • ४७ वर्षअघिको गीत ‘नाच्देऊ मैच्याङ’को रिमेक ल्याउँदै शम्भुजित बास्कोटा

    ‘नाच्देऊ मैच्याङ तिमी डम्फुको तालैमा
    माया तिमी लाइदेऊ मलाई
    बिहे गर्छु आउने सालैमा’

    images

    २०३३ सालमा मीरा राणासँग शम्भुजित बास्कोटाले रेडियो नेपालमा गाएको यो गीतको नयाँ संस्करण आउने भएको छ । गीत रेकर्ड भएको ४७ वर्षपछि शम्भुजितले यो गीतको रिमेक गरेका हुन् । तर यसमा मीरा राणाको ठाउँमा शम्भुजितसँग पाल्मु शेर्पाको स्वर सुन्न पाइनेछ ।

    ‘अहिलेको पुस्तालाई हाम्रो संस्कृति र लोकलयबारे जानकारी दिन यो गीत पुनः रेकर्ड गरेको हुँ,’ बास्कोटाले भने, ‘म संगीतमार्फत पुनः नयाँ पुस्तासँग जोडिन चाहन्छु । किनभने त्यतिबेला जुन मेलोडी र लोकलयमा हामीले बनाएका थियौं । त्यही आधारमा पुनः एकपटक गाउन सकिन्छ कि भनेर नयाँ कलाकारसँग मिलेर गाएको हुँ ।’

    पछिल्लो समय मिडिया, सामाजिक सञ्जाल र रियालिटी शोमा कभर गीतको शैलीमा गीत गुञ्जिन थालेपछि आफूले गीत रिमेक गरेको उनले बताए । ‘पहिले यसको जुन स्वरुप छु । सोही आधारमा गीत गाउन सक्छु कि सक्दिन भनेर गाएको हुँ,’ शम्भुजितले भने, ‘यो गीतको आफ्नै स्तर छ । मैले बीचमा रंगमञ्चमा पनि गाइरहेकै थिए ।’

    दर्शकले यो गीतलाई म्युजिक भिडियोको माध्यममा पनि हेर्न पाउनेछन् । हरि हुमागाईंको निर्देशनमा धमाधम भिडियो छायांकन भइरहेको छ । गीतमा पल शाह र छिरिङ शेर्पाले अभिनय गर्दैछन् । पलले सामाजिक सञ्जालबाट यो गीतबारे जानकारी गराएका छन् ।

    यसैबीच, सौर्य प्रोडक्सनसँग मिलेर शम्भुजितले फिल्म निर्माणको गृहकार्य पनि थालेका छन् । यसअघि उनले चौकादाउ फिल्म निर्माण गरेका थिए । ‘फिल्मको गृहकार्य पनि चलिरहेको छ । चाँडै यसबारे धेरै कुरा थाहा पाउनुहुनेछ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ