आइतबार, मंसिर २ गते २०८१

प्रिमियरमा ‘वेलकम टु हेम्जाकोट’लाई सकारात्मक प्रतिक्रिया

प्रिमियरमा ‘वेलकम टु हेम्जाकोट’लाई सकारात्मक प्रतिक्रिया

अखबार दैनिक
बुधबार, जेठ २४ २०८०
  • प्रिमियरमा ‘वेलकम टु हेम्जाकोट’लाई सकारात्मक प्रतिक्रिया

    काठमाडौँ । आगामी शुक्रवारदेखि देशभर सार्वजनिक प्रदर्शन हुन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’ को प्रिमियर गरिएको छ । मंगलबार चावहिलस्थित केएल टावरमा रहेको एफक्युब हलमा आयोजित प्रिमिएरमा निर्देशक तथा निर्मात्री दिपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउवा, निर्देशक तथा कलाकार नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत अभिनेता कृष्ण शिवाकोटी, मुकुन भुषाल, सलोन बस्नेत, मनिष राउत, गायक पवन गिरी लगायतका कलाकर्मीको साथमा रंग पत्रकारको समेत बाक्लो उपस्थिति थियो ।

    images

    प्रिमियरमा फिल्म हेर्ने अधिकाम्स ब्यक्तिले मनपरेको प्रतिक्रिया दिए । विगतमा भन्दा यसपटक आयोजित यो फिल्मको प्रिमियर कार्यक्रम असाध्यै छोटो बनाइएको थियो । यसअघिका कार्यक्रममा उपस्थित अतिथिहरुले औपचारिक कार्यक्रम असाध्यै लामो बनाइएको, धेरै वक्ता राखिएको भन्दै गुनासो गरेका कारण प्रिमियर छोटो बनाइएको मिडिया सल्लाकार रामजी ज्ञवलीले बताए ।

    premiere-5_8V9xUAJzZo.webp

    कार्यक्रममा निर्देशक सरोज पौडेलले फिल्म नितान्त मनोरन्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरे । ‘हामीले यो एउटा प्रयास गरेका छौं । अर्कोकुरा म पनि यसै फिल्मबाट निर्देशन यात्रा थालेको छु । आशा छ दर्शकले मेरो यो उद्योगमा आगमनलाई सहर्ष स्विकार्नुहुनेछ ।’  त्यस्तै कार्यक्रममा अभिनेता बुद्धि तामाङले अरु चलचित्रमा भन्दा यसपटक केहि फरक प्रयास गरेको र दर्शकले चलचित्र हेर्दासम्म दिक्क नमान्ने बताए ।

    अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो चलचित्रले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखे । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको फिल्मले वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उताव–चडाब लगायतका विषयवस्तु कथाको रुपमा उठाएको छ ।  क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्म नेपालबाहेक जापान, अस्टे«लिया, अमेरिका र युरोपका केहि शहरमा प्रदर्शन हुनेछ । 

    premiere-4_I8TFJZeScC.webp

    तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो ।

    premiere-3_QBfixYzcfp.webp

    फिल्मले काठमाडौँमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो । मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । 

    premiere-2_9dEjKyWiM4.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ