मंगलबार, जेठ ८ गते २०८१

विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाए कारबाही गरिने

विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाए कारबाही गरिने

अखबार दैनिक
मंगलबार, जेठ २३ २०८०
  • विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाए कारबाही गरिने

    काठमाडौँ । बागमती प्रदेश सरकारले  स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ ।

    images

    प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गर्न लगाउँदै आएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै कार्य रोक्न  निर्देशन दिएको हो ।

    ‘सबै स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोही कार्यविधि अनुसार कार्य गर्न गराउन अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

    एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने   उल्लेख गरिएको छ ।

    एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९÷८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार