आइतबार, मंसिर २ गते २०८१

अदालतले ‘अपवाद’ मा राखेपछि सन्दीप आज दक्षिण अफ्रिका जाँदै

अदालतले ‘अपवाद’ मा राखेपछि सन्दीप आज दक्षिण अफ्रिका जाँदै

अखबार दैनिक
सोमबार, जेठ २२ २०८०
  • अदालतले ‘अपवाद’ मा राखेपछि सन्दीप आज दक्षिण अफ्रिका जाँदै

    बलात्कार आरोपमा मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् ।
     
    अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन् ।

    images

    काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो । अब उनको तारिख २९ असारमा राखिएको छ ।

    लामिछानेका कानून व्यवसायीले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसकाकारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्ने छैन ।

    विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझेपछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाई शुरु गरिने गरी अदालतले ब्यवस्था मिलाएको छ ।

    लामिछाने आज प्रशिक्षक देसाईसँगै  राति २ बजे अफ्रिका जाने बुझिएको छ । अफ्रिकामा दुई अभ्यास खेल खेलेपछि नेपाली टिम त्यहाँबाट सिधै जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न जानेछ । 

    बाँकी टिम भने गत मंगलबार नै दक्षिण अफ्रिका गएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ