शनिबार, कात्तिक १० गते २०८२

जहाजको ढोकामा पुगेका वृद्धलाई घर फर्काउने निगमका कर्मचारी ताप्लेजुङ सरुवा

जहाजको ढोकामा पुगेका वृद्धलाई घर फर्काउने निगमका कर्मचारी ताप्लेजुङ सरुवा

अखबार दैनिक
शुक्रबार, जेठ १९ २०८०
  • जहाजको ढोकामा पुगेका वृद्धलाई घर फर्काउने निगमका कर्मचारी ताप्लेजुङ सरुवा

    काठमाडौँ । जेठ १७ गते काठमाडौँबाट ताप्लेजुङका लागि टिकट काटेका वृद्धलाई जहाजको ढोकामा नै पुगिसकेपछि घर फर्काएको निउमा वायुसेवा निगमका एक कर्मचारी  कारबाहीमा परेका छन् ।

    बुधवार काठमाडौँदेखि ताप्लेजुङ जानका लागि यात्रु ठाकुरसिंह भण्डारीले निगमको आरए–१२९ नम्बरको जहाजको टिकट काटेका थिए । तर, टिकट काटेर बोर्डिङ पास समेत लिई विमानस्थलभित्र जहाजको ढोकामा पुगेका भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनि घर फर्काइएको थियो ।

    उक्त घटनापछि उनको गुनासो माथिल्लो निकायसम्म पुग्यो । घटनामा संलग्न निगमको जहाज अप्रेसन युनिट इन्चार्ज कर्मचारी गगनबहादुर चन्दलाई  सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएपछि कारबाही स्वरुप उनलाई काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएका छन् । 

    घटनामा संलग्न कर्मचारीमाथि थप अनुसन्धान समेत जारी रहेको उनले सार्वजनिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    1_gwz96mWoF3.webp3_ZIg8XqAyX0.webp2_geJosxSuHl.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ